चर्चित गुण्डा ‘चरी’ इन्काउन्टर गर्ने कार्कीले सम्हाले सिआइबी,सुनाए यस्तो गतिलो योजना



हाम्रो इकोनोमि

चर्चित गुण्डा चरी भनिने दिनेश अधिकारीलाई इन्काउन्टर गर्ने पुष्कर कार्कीले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको आजदेखी कमाण्ड सम्हालेका छन। डिआइजी पुष्कर कार्कीले (सिआइबी) प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।

भदौको पहिलो सातामा सरकारले बढुवा भएका १५ डिआइजीहरुलाई विभिन्न ठाउँमा पदस्थापन गर्दा वरियता क्रममा तेस्रो स्थानमा रहेका कार्कीलाई सिआइबीको जिम्मेवारी दिएको हो।

जिम्मेवारी सम्हालेपछि पत्रकारसँग कुरा गर्दै कार्कीले सीआइबी जस्तो अपराध अनुसन्धान गर्ने प्रहरीको विशिष्ट विभागको गरिमा नमर्ने र जनविश्वास अनुसार नै काम गर्ने बताए। डिआइजी कार्कीले भने, ‘ब्युरोले हेर्ने संगठित अपराध, वित्तीय अपराध र पुराना जघन्य अपराधमा दह्रो भएर काम गर्छु।’
डिआइजी कार्की अपराध अनुसन्धानमा कुनै सम्झौता नगर्ने दावी गर्छन्। उनी भन्छन् ‘अपराधको अनुसन्धान गर्दा कसको पछाडि को छ, के छ जान्दिनँ। अपराधको सत्यतथ्य बाहिर ल्याएर छाड्छु।’
डिआइजी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्रमुख बनाएर पठाएपछि कार्कीले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए।
२०४६ साल माघमा प्रहरी निरीक्षकबाट संगठनमा प्रवेश गरेका कार्कीसँग काठमाडौँ, कास्की, गोरखालगायत जिल्लाको प्रमुख भएर काम गरेको अनुभव छ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...