देउवा सरकार ढाल्न एमाले लागेको सुइँको पाए पछी निधीले केपी र माधबको यसरी खोले पोल



हाम्रो इकोनोमि

देउवा सरकार गिराउन भित्र भित्रै खेल खेल्न एमालेका नेताहरु लागेको चाल पाए पछी नेपाली कांग्रेसका कार्यबाहक सभापति विमलेन्द्र निधिले प्रतिपक्षी एमालेका नेताहरुको पोल खोलेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको विषयलाई नेता कार्यकर्ता परिचालन गरी अनावश्यक रुपमा उचालिरहेको बुझाईमा रहेका निधीले आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीको पोल खोलेका हुन् । उनले ओली उत्तरी छिमेकी चीनसँग मिलेर देशका परिवर्तन उल्ट्याउने षडयन्त्रमा लागेको तथ्य बाहिर ल्याएका हुन् । निधिले एमाले अध्यक्ष केपी ओलीको चीन भ्रमण र वरिष्ठ नेता माधव नेपालको उत्तर कोरिया भ्रमण आपत्तिजनक रहेको बताए । उनले ओलीले चीन भ्रमणको बेला संघीयताको विरोधमा चिनियाँ नेताहरुसँग छलफल गरेर नेपालको शीर निहुर्याएको उनको टिप्पणी छ । एमाले भारतले नपत्याए पछी अन्य शक्ती केन्द्र संग खुराफात गर्न थालेको निधीको भनाइ थियो। एमालेले भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले संविधानका विषयमा दिएको अभिव्यक्तिले नेपालको शीर निर्हुयाएको भन्दै कडा आलोचना गर्न थाले पछी निधीले त्यसको काउन्टर दिएका हुन्।

 

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...