विवादित सञ्चालनमा नआएको मेडिकल कलेजको यस्तो लूट, स्वास्थ्य उपचारमा शतप्रतिशत छुट



काठमाडौं नेसनल मेडिकल कलेज यतिखेर विवादमा छ ।घट्टेकुलोमा रहेको सो कलेजलाई त्रिभुवन विश्वविद्यालय सिनेट सभाले सम्बन्धन दिएपछि विवादमा परेको हो । र अहिले उक्त कलेजलाई दिएको सम्बन्धन फिर्ता लिन चौतर्फी दबाब परेको छ।

डा.गोविन्द केसी आमरण अनसनमै बसेका बेला त्रिवि सिनेटले कलेजलाई सम्बन्धन दिएको रहस्य खुलेको थियो । डा.केसी काठमाडौंमा निजी मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग राखी ११ पटकसम्म अनसन बसिसकेका छन् ।

तर, सर्वोच्च अदालतको आदेशलाई निहुँ बनाउँदै त्रिविले सम्बन्धन दिएपछि चौतर्फी रूपमा नेसनल मेडिकल कलेजको सम्बन्धन खारेजको माग उठेको छ । डा.केसीका साथै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सो मेडिकल कलेज खारेजका लागि संसदमा सार्वजनिक महत्वको प्रस्ताव नै दर्ता गरेका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले समेत नेसनलको सम्बन्धन खारेज गर्नुपर्ने माग राखेका छन् ।

तर, सञ्चालनमै नआएको नेसनल मेडिकल कलेजले भने विरामीको स्वास्थ्य उपचारका लागि शततिशतसम्म छुट दिने भन्दै सूचना जारी गरेको छ । सो मेडिकल कलेजले हरितालिका तीज विशेष सहुलियत योजना ल्याएको छ । जनरल बेड चार्जदेखि ओपिडी सेवामा शतप्रतिशत छुट दिने सार्वजनिक सूचना जारी गरेको छ ।

निकै विवादमा परेको सो कलेजले जारी गरेको सार्वजनिक सूचनाअनुसार भदौ ८ देखि ३० गतेसम्म जनरल बेड चार्जमा र ओपिडी सेवामा शतप्रतिशत तथा डाइग्नोसिसमा ५० प्रतिशत र एक्स–रे सेवामा ४० प्रतिशत सहुलियत दिइनेछ । केहीअघिसम्म नेसनल मेडिकल कलेजको भवनमा कुनै सेवा उपलब्ध थिएन । सबै कोठा बन्द थियो ।

तर, सञ्चालनमै नरहेको उक्त कलेजले सहुलियत अफर ल्याएर आफूसँग विरामी रहेको भन्ने देखाउने उद्देश्य देखिन्छ । सञ्चालनमै नरहेको कलेजलाई सम्बन्ध दिएको भन्दै सडकदेखि सदनसम्ममा विरोध भएको छ ।

त्रिवि उपकुलपति डा.तीर्थ खनियाँकै दबाबमा नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको तथ्य बाहिर आएको छ । सो मेडिकल कलेज जैननुद्दिन अन्सारीको हो । उनका दाजु बसिरुद्दिन अन्सारी हुन् । उनले वीरगन्जको नेसनल मेडिकल कलेज सञ्चालन गर्दै आएका छन् ।

नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिनुअघि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को फ्याकल्टी बोर्डले पास गर्नुपर्छ । आइओएमका डिन जेपी अग्रवाल छन् । उनले आफूलाई नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिएको विषयमा कुनै जानकारी नआएको दाबी गर्दै आएका छन् । फ्याकल्टी बोर्डले निर्णय नगरी त्रिवि सभाले कसरी सम्बन्धन दियो ? भन्ने रहस्यमै छ । जबकि त्रिवि सभामा आइओएमका डिन सदस्य हुन्छन् ।

फ्याकल्टी बोर्डले नयाँ मेडिकल कलेजको भौतिक पूर्वाधार हेर्ने, सिट संख्या उल्लेख गर्ने, सो कलेजमा पढाइ हुने विषयहरूलाई स्वीकृति दिनेलगायतको मापदण्ड हेर्ने गर्छ । जसअनुसार नेसनल मेडिकल कलेजले कुनै पनि पूर्वाधार पूरा नगरेको मिडिया एनपीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले, केपी ओली र ममाथिको आक्रमणलाई परास्त गर्छु : सुनिता डंगोल

    काठमाडाैं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले उपमेयरमा निर्वाचित भएर आफूले राम्रो काम

बजेट अघि नै सरकार ढाल्छ : प्रचण्ड

     नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको आयु

प्रधानमन्त्रीले भोलि संसद् बैठकमा सम्बोधन गर्ने

    प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि (शुक्रबार) को संसद् बैठकमा सम्बोधन गर्ने

वैशाख १७ गते जनमत र नाउपाबीच पार्टी एकता घोषणा गर्ने तयारी

    डा. सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको