विदेशबाट आएका व्यक्ति एयपोर्टबाटै बेपत्ता



हाम्रो इकोनोमि

बागलुङ नगरपालिका–१३ काप्राबोटका ३६ वर्षीय हरिप्रसाद शर्मा साउदीबाट नेपाल फर्केलगत्तै बेखबर बन्नुभएको छ ।

बुधबार राति ९ः३० बजे त्रिभुवन विमानस्थलबाट बाहिरिनुभएका शर्मा अहिलेसम्म परिवारको सम्पर्कमा आउनुभएको छैन ।

गत मंसिरमा रोजगारीका लागि विदेशिनुभएका शर्मा आठ महिनामै घर फर्कनुभएको थियो । शर्माको परिवारले खोजीका लागि प्रहरीलगायत सबैसँग आग्रह गरेको छ । विमानस्थल ओर्लेपछि शर्माले श्रीमती सवितालाई फोन गरी आफू आएको जानकारी गराउनुभएको थियो । बिहीबार बिहान पुनःश्रीमतीलाई फोन गरेपछि मोबाइल बन्द गरेर सम्पर्कविहीन भएको शर्माका दाजु टीकाराम शर्माले बताउनुभयो ।

शर्मालाई लिन भनी हिँडेका श्रीमती सविता र जेठान गोपाल सडक जामका कारण बेलैमा विमानस्थल पुग्न सकेका थिएनन् । प्रहरीको ‘रिपोर्ट’ अनुसार चितवनको दासढुंगासम्म शर्माको मोबाइलको ‘ट्र्याकिङ’ भएको जनाइएको छ । शुक्रबार दिउँसो र शनिबार पनि नारायणगढमा देखिएको भन्ने अपुष्ट खबर आए पनि अहिलेसम्म नभेटिएको परिवारले जनाएको छ । “प्रहरी र आफन्तसँग खोजीका लागि सहयोग मागेका छौँ, अझै केही पत्तो लागेको छैन”– दाजु टीकारामले भन्नुभयो ।

चितवनमा रहेका शर्माका आफन्तजनले प्रहरीसँग मिलेर खोजी कार्य जारी राखेका छन् । गहुँगोरो वर्ण, साढे पाँच फिट उचाइ भएका शर्मालाई देखे÷भेटेमा नजिकको प्रहरी कार्यालय वा ९८५५०५४४९० मा सम्पर्क गरिदिन परिवारले आग्रह गरेको छ । शर्मा अस्वस्थ भएपछि नेपालमै आई उपचार गर्ने भन्दै विदेश गएको छोटो समयमै घर फर्केको जनाइएको छ । घरमा उहाँका वृद्ध बुबा, आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...