२ नम्बर प्रदेशमा एमालेले यसरी छान्यो उम्मेदवार



हाम्रो इकोनोमि

प्रमुख पर्तिपक्षी दल एमालेले प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ । बाँकी २० स्थानीय तहका मेयर र उपमेयरको टुंङ्गो भदौ १५ अघिनै लगाउने एमालेले जनाएको छ ।

वीरगन्ज महानगरपालिका सहित अधिकांश स्थानीय तहमा उम्मेदवार तय गरेर एमालेले प्रचार प्रसारमा खटाइसकेको प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताए ।वीरगन्जको मेयरमा एमालेले बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाएको छ । चौधरीका अनुसार सिरहा,सप्तरी र पर्साका सबै स्थानीय तहका उम्मेदवार तय भइसकेका छन् ।

प्रदेशका तीन उपमहानगरपालिकामा उम्मेदवार तय हुन बाँकी छन् ।

अध्यक्ष केपी ओली बैकक बाट फर्किएपछि भदौ १५ गते १३६ स्थानीय तहकै उम्मेदवारको नाम सार्वजनिक गरिने चौधरीले बताए । एमाले १ महिना अगाडी बाटै २ नम्बर प्रदेशमा होमिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...