२ नम्बर प्रदेशमा एमालेले यसरी छान्यो उम्मेदवार



हाम्रो इकोनोमि

प्रमुख पर्तिपक्षी दल एमालेले प्रदेश नम्बर २ का ८ जिल्लाका १३६ मध्ये ११६ स्थानीय तहका उम्मेदवारको टुंगो लगाएको छ । बाँकी २० स्थानीय तहका मेयर र उपमेयरको टुंङ्गो भदौ १५ अघिनै लगाउने एमालेले जनाएको छ ।

वीरगन्ज महानगरपालिका सहित अधिकांश स्थानीय तहमा उम्मेदवार तय गरेर एमालेले प्रचार प्रसारमा खटाइसकेको प्रदेश सहसंयोजक नागेन्द्र चौधरीले बताए ।वीरगन्जको मेयरमा एमालेले बसुरुद्धिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उम्मेदवार बनाएको छ । चौधरीका अनुसार सिरहा,सप्तरी र पर्साका सबै स्थानीय तहका उम्मेदवार तय भइसकेका छन् ।

प्रदेशका तीन उपमहानगरपालिकामा उम्मेदवार तय हुन बाँकी छन् ।

अध्यक्ष केपी ओली बैकक बाट फर्किएपछि भदौ १५ गते १३६ स्थानीय तहकै उम्मेदवारको नाम सार्वजनिक गरिने चौधरीले बताए । एमाले १ महिना अगाडी बाटै २ नम्बर प्रदेशमा होमिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...