नेपाल यसरी बन्दैछ हिन्दुराष्ट्र,देउवाले सहमति जनाए पछी मोदी भए दङ्ग



हाम्रो इकोनोमि

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिचमा संसदीय र संघिय चुनावपछि नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा सहमति भएको खुलासा भएको छ ।

मंसिरमा गर्ने भनिएको संघ र प्रदेशको चुनावपछि नेपाली कांग्रेसले संविधान संशोधन गरेर नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा छलफल भएको भारतीय जनता पार्टीका नेता सुब्रमण्यम स्वामीले खुलासा गरेका हुन् । स्वामीले पत्रकारसँग कुरा गर्दै मोदी र देउवाबिचको वान टु वान वार्ताका क्रममा नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा सहमति भएको जानकारी दिएका हुन् ।

पहिलेदेखि नै नेपाललाई हिन्दुराष्ट्र बनाउन चाहेको भारतले देउवाको भ्रमणका क्रममा यस विषयलाई प्रभावकारी रुपमा अगाडि बढाएको हो ।
भारतीय जनता पार्टीका प्रभावशाली नेता भगतसिंह कोशीयारीले पनि नेपाललाई हिन्दुराष्ट्र बनाउने विषयमा दुई प्रधानमन्त्रीबिचमा छलफल भएको दाबी गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवालाई भारतीय समकक्षी मोदीले उच्च सम्मान दिएका थिए । नेपालका अन्य प्रधानमन्त्री जाँदा जति प्राथमिकता र सम्मान दिने गर्दथ्यो, त्यो भन्दो धेरै सम्मान देउवालाई दिएको भारतीय नेताहरुले बताएका छन् ।
२०६२–६३ को आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई तत्कालिन भारतीय समकक्षी मनमोहन सिंहले दिएको सम्मानको तहमा यस पटक देउवालाई मोदीले सम्मान दिएको विश्लेषण गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...