प्रधानमन्त्री देउवा र बिहारका मुख्यमन्त्री नितिश कुमारबीच के भयो कुरा



भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवासँग आज साँझ बिहारका मुख्यमन्त्री नितिश कुमारले शिष्टाचार भेट गर्नुभयो ।

प्रधानमन्त्री देउवासँग बिहारको रोयल रेसिडेन्सी होटलमा मुख्यमन्त्री नितिश कुमारले आज साँझ भेटवार्ता गर्नुभएको हो ।

भारतको पाँचदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री देउवा आजै साँझ आन्ध्र प्रदेशबाट बिहार आइपुग्नुभएको हो ।

सो भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवा र मुख्यमन्त्री नितिश कुमारबीच हालै नेपालको तराई र बिहारका कतिपय सीमा क्षेत्रहरुमा बाढीका कारण भएको क्षतिका विषयमा विस्तृत छलफल भएको थियो । नेपाल र भारततर्फ बाढीले पु¥याएको क्षति र बाढी नियन्त्रणका लागि दुवै देशका तर्फबाट संयुक्त रुपमा दिगो व्यवस्थापनको पहल गर्नुपर्ने कुरामा प्रधानमन्त्री देउवाले जोड दिनुभएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिनुभयो ।

भेटवार्तामा बाढी नियन्त्रणका लागि कोशी र गण्डक सम्झौतासम्बन्धी दुई देशीय संयुक्त संयन्त्रलाई सक्रिय बनाई बाढी नियन्त्रणका दीर्घकालीन प्रबन्ध नहुन्जेलसम्म दुवै देशका लागि अभिशाप हुने भएकाले संयुक्त संयन्त्रको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको थियो ।

सो वार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपालले हालै भारतसँग गरेका ऊर्जा व्यापारसम्बन्धी सम्झौतामा सहजीकरण गरिदिनुभएकामा मुख्यमन्त्री नितिश कुमारलाई धन्यवाद दिनुभएको थियो ।

भेटवार्तामा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले दिनुभएको जानकारी अनुसार भारतको पटना र नेपालको काठमाडौँमा पानी व्यवस्थापनको छुट्टाछुट्टै सम्मेलन गर्ने सहमति भएको छ । ती सम्मेलनमा नेपाल तथा भारत सरकारका जलस्रोतसम्बन्धी विज्ञ तथा सरकारी अधिकारीको सहभागिता हुनेछ ।

भेटवार्तामा प्रधानमन्त्री देउवा, पर्यटन मन्त्री देव, परराष्ट्र सचिव वैरागी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय सहभागी हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवा आजै उहाँको सम्मानमा मुख्यमन्त्री नितिश कुमारले आयोजना गर्नुभएको रात्रिभोजमा सरिक हुनुभयो ।

प्रधानमन्त्री देउवा आइतबार बिहारको बोधगयामा रहेको महाबोधी जानुुहुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री देउवा आइतबार साँझ बिहारबाट नयाँदिल्ली हुँदै स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी

रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

    रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार

प्रत्येक जिल्लाबाट पोखरा पुग्न रास्वपाको सर्कुलर

     राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न