ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु, सहचालक गम्भीर घाइते



हाम्रो इकोनोमि

गोरखाको पालुङ्टार नगरपालिका–१ खोप्लाङ सुन्दरखोलामा ग१त ३७१६ नंको ट्र्याक्टर शनिबार दुर्घटना हुँदा चालक सुलिकोट गाउँपालिका–४ का २० वर्षीय आइतपाल गुरुङको मृत्यु भएको छ ।

सहचालक पालुङ्टार नगरपालिका–९ का १९ वर्षीय सुजन परियार गम्भीर घाइते भएका छन् । चालक गुरुङलाई उपचारका लागि गोरखा अस्पतालतर्फ ल्याउँदै गर्दा गएराति बाटोमै मृत्यु भएको थियो भने सहचालकको उपचार भइरहेको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो ।

सिरानचोक पुगेर पालुङ्टार फर्कदै गर्दा ट्र्याक्टर सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...