प्रचण्डले मुख खोले पछी एमाले पनि हौसियो,देउवालाई सोत्तर पार्न एमाले र प्रचण्डको यस्तो दोस्ती



हाम्रो इकोनोमि

सत्ता साझेदार नेकपा माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग गठबन्धन गर्ने भएका छन् ।
भारत भ्रमणमा रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादु देउवा संविधान संशोधनबारेको अभिव्यक्ति र सप्तकोशीमा उच्च बाँध बनाउने सम्झौताले विवादमा तानिएका बेला प्रचण्डले एमालेसँग सहकार्य हुनसक्ने बताएका हुन् ।

शनिबार प्रेस सेन्टरले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अध्यक्ष प्रचण्डले एमालेसँग सहकार्य हुनसक्ने कुराको खुलासा गरेका हुन् । उनले दुई नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको तेस्रो चरणको चुनावमा एमालेसँग पनि तालमेल हुनसक्ने जानकारी दिँदै आगामी दिनमा गठबन्धन नै बन्न सक्ने संकेत गरेका हुन् ।
दुई नम्बर प्रदेशमा माओवादी केन्द्रले तालमेल गर्छ कि गर्दैन भन्ने प्रश्नमा प्रचण्डले मधेश केन्द्रित दल, काँग्रेस र एमालेसँग तालमेल गर्न सकिने स्पष्ट पारे । उनले भने– ‘नीतिगत रुपमा काँग्रेस र एमालेसँग पनि तालमेल गर्न सकिन्छ ।’
प्रचण्डको यो भनाईले प्रधानमन्त्री भारत भमणपछि कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग जोडिने मनस्थितीमा पुगेको बुझ्न सकिन्छ । यद्यपी देउवा भारतबाट फर्किएपछि उनको धारणा बुझेर प्रचण्ड अगाडि बढ्ने बताइन्छ । एता एमालेले देउवाको राजिनामा मागेको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...