देउवाले चुत्थो काम गरेको भन्दै जंगियो एमाले,यसकारण आजै माग्दै छ देउवाको राजिनामा



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बोलाएको स्थायी कमिटीको आकस्मिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको जारी भारत भ्रमणको समिक्षा सहित पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न आकस्मिक बैठक बसेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । अध्यक्ष ओली उपचारका लागी हिजो मात्र उपचारका लागी बैकक गएका छन्। बैठक बामदेव गौतमको अध्यक्षता बसेको छ।ओलीले उनैलाई काबा अध्यक्ष तोकेका छन।

श्रेष्ठका अनुसार बैठकले प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको क्रममा दिएको अभिब्यक्ति र भ्रमणका क्रममा भएका सम्झौताको विषयमा समिक्षा गरेर आफ्नो धारणा सार्वजनिक गर्नेछ । सत्तापक्षले भ्रमण सफल भएको बताईरहदा एमालेले भने त्यसको चर्को आलोचना गरेको हो।बैकक जाने क्रममा ओलीले हिजै देउवाले चुत्थो काम गरेको टिप्पणी गरेका थिए।

स्रोतका अनुसार स्थायी कमिटीले संविधान संशोधनबारे दिएको अभिव्यक्ति र राष्ट्रहित विपरितको उच्च बाँध बनाउने सम्झौतालाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गर्नसक्ने सम्भावना छ । हुन पनि देउवाले राष्ट्रहित बिपरितका सम्झौता गरेकोमा उनको सर्बत्र आलोचना भएको छ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...