नेपालमा नि काट्न थाल्यो किराले महिलाको चुल्ठो



हाम्रो इकोनोमि

रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको कपाल पूरै काटिएको थियो । यस्तो घटनाबाट रुपन्देहीमा १५ जनाभन्दा बढी महिला पीडित बनेका छन् । रुपन्देहीमा मात्रै नभई कपिलवस्तुमा पनि यस्ता घटना बढ्दै गएका छन् ।

उनीहरुको कपाल कैँचीले काटिएको जस्तो देखिन्छ । तर कसरी र कसले काटिदियो भन्ने खुलेको छैन । कपाल काटिएको देखेपछि बेहोस भएकी सुनिताले भैरहवाको भीम अस्पतालमा भन्नुभयो, “केही समय टाउको झमझमाए जस्तो भयो । त्यतिबेला न्याउरी मुसो आएको जस्तो लाग्छ । एकै छिनमा रिंगटा लाग्यो । पछि होश आउँदा त कपालको चुल्ठो नै काटिएको रहेछ ।” उहाँका अनुसार बेहोस हुनुअघिसम्म चुल्ठो काटिएको थिएन । त्यसपछि कसले काटिदियो उहाँले ठम्याउन सक्नुुुुुुुुभएन ।

अस्पतालका अहेव गोपाल उपाध्यायका अनुसार उनीहरुलाई मानसिक उपचार र औषधि दिइएपछि स्वास्थ्य सामान्य हुँदै गएको छ । उहाँका अनुसार भीम अस्पतालमा मात्रै १७÷१८ जना यस्ता खालका बिरामी आएको र उपचार गरी घर फर्किएका छन् । कपाल काटिनेमध्ये अधिकांश महिला तराई मूलका रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । भीम अस्पतालमा आएका घटनामध्ये पहाडी मुलकी महिला एकजनामात्रै आएको बताइएको छ ।

भारतमा पनि महिलाको कपाल काटिने घटनाले आतंक नै मच्चाएको छ । भारतको हरियाणा र राजस्थान राज्यमा ५० जनाभन्दा बढी महिलाको कपाल काटिएको खबर बाहिर आएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले महिलाको कपाल किराले काटेको बताउँदै कपाल काट्ने किरालाई कपाल काट्दै गरेको बेला नियन्त्रणमा लिएको दाबी गर्नुभयो । प्रहरीले बेथरीबाट उक्त किरा समातेको बताएको छ ।

प्रहरीले यस्ता घटनामा घरकै कुनै सदस्य या महिलाको हात हुनसक्ने अनुमान गरिरहेको छ । महिला आफँैले आफ्नो कपाल काट्ने काम गरेर आतंक सिर्जना गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।

अहिलेसम्म कपाल काटिएका महिलाको कपाल घरभित्रै काटिएको पाइएको छ । कपाल काटिएर उपचार गर्न आएकामध्ये केही महिला दुई÷तीन दिनको अन्तरालमा दोहोरिएर आएको चिकित्सकले जनाएका छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाका मानसिक रोग विशेषज्ञ डा सञ्जीव रञ्जनले मास हिस्टेरिया नामक रोगका कारण यस्ता घटना बाहिर आएको बताउनुभयो । चिकित्सकले हाउगुजीको पछि नलागी नडराइकन बस्न पनि सुझाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...