नेपालमा नि काट्न थाल्यो किराले महिलाको चुल्ठो



रुपन्देही र कपिलवस्तुमा युवतीको चुल्ठो काटिएका घटना बढ्दै गएका छन् । भारतमा यस्ता घटनाका कारण युवती आतंकित छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी ३५ वर्षीया सुनिता (परिवर्तित नाम) को चुल्ठो बिहीबार बिहान काटिएको छ । सोही नगरपालिकाकी अर्की ३२ वर्षीया युवतीको टाउको पछाडिको भागमा केही भागको कपाल पूरै काटिएको थियो । यस्तो घटनाबाट रुपन्देहीमा १५ जनाभन्दा बढी महिला पीडित बनेका छन् । रुपन्देहीमा मात्रै नभई कपिलवस्तुमा पनि यस्ता घटना बढ्दै गएका छन् ।

उनीहरुको कपाल कैँचीले काटिएको जस्तो देखिन्छ । तर कसरी र कसले काटिदियो भन्ने खुलेको छैन । कपाल काटिएको देखेपछि बेहोस भएकी सुनिताले भैरहवाको भीम अस्पतालमा भन्नुभयो, “केही समय टाउको झमझमाए जस्तो भयो । त्यतिबेला न्याउरी मुसो आएको जस्तो लाग्छ । एकै छिनमा रिंगटा लाग्यो । पछि होश आउँदा त कपालको चुल्ठो नै काटिएको रहेछ ।” उहाँका अनुसार बेहोस हुनुअघिसम्म चुल्ठो काटिएको थिएन । त्यसपछि कसले काटिदियो उहाँले ठम्याउन सक्नुुुुुुुुभएन ।

अस्पतालका अहेव गोपाल उपाध्यायका अनुसार उनीहरुलाई मानसिक उपचार र औषधि दिइएपछि स्वास्थ्य सामान्य हुँदै गएको छ । उहाँका अनुसार भीम अस्पतालमा मात्रै १७÷१८ जना यस्ता खालका बिरामी आएको र उपचार गरी घर फर्किएका छन् । कपाल काटिनेमध्ये अधिकांश महिला तराई मूलका रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । भीम अस्पतालमा आएका घटनामध्ये पहाडी मुलकी महिला एकजनामात्रै आएको बताइएको छ ।

भारतमा पनि महिलाको कपाल काटिने घटनाले आतंक नै मच्चाएको छ । भारतको हरियाणा र राजस्थान राज्यमा ५० जनाभन्दा बढी महिलाको कपाल काटिएको खबर बाहिर आएको छ ।

रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीले महिलाको कपाल किराले काटेको बताउँदै कपाल काट्ने किरालाई कपाल काट्दै गरेको बेला नियन्त्रणमा लिएको दाबी गर्नुभयो । प्रहरीले बेथरीबाट उक्त किरा समातेको बताएको छ ।

प्रहरीले यस्ता घटनामा घरकै कुनै सदस्य या महिलाको हात हुनसक्ने अनुमान गरिरहेको छ । महिला आफँैले आफ्नो कपाल काट्ने काम गरेर आतंक सिर्जना गरेको हुनसक्ने अनुमान गरिए पनि त्यसको पुष्टि हुन सकेको छैन ।

अहिलेसम्म कपाल काटिएका महिलाको कपाल घरभित्रै काटिएको पाइएको छ । कपाल काटिएर उपचार गर्न आएकामध्ये केही महिला दुई÷तीन दिनको अन्तरालमा दोहोरिएर आएको चिकित्सकले जनाएका छन् । युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भैरहवाका मानसिक रोग विशेषज्ञ डा सञ्जीव रञ्जनले मास हिस्टेरिया नामक रोगका कारण यस्ता घटना बाहिर आएको बताउनुभयो । चिकित्सकले हाउगुजीको पछि नलागी नडराइकन बस्न पनि सुझाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।