संबिधान संसोधन गर्न नसके पछी देउवा लम्पसार परे भन्दै ओलीले अरु के-के लगाए आरोप



हाम्रो इकोनोमि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अहिलेसम्मकै प्रधानमन्त्रीको भ्रमण मध्ये सबैभन्दा लज्जास्पद र घटिया भएको टिप्पणी गरेका छन् ।
नियमित स्वास्थ्य परिक्षणको लागि थाईलैण्ड जाने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले आफ्नो जारी भारत भ्रमणको क्रममा नयाँ दिल्ली भारतीय नेताहरुको सामु दिएको अभिब्यक्ति र गतिविधि राष्ट्रिय स्वाभिमान विरुद्ध अत्यन्तै लज्जास्पद भएको बताए ।
ओलीले प्रधानमन्त्रीले दिल्लीमा दिएको अभिब्यक्तिले देशको स्वाभिमानको धज्जी उडाएको आरोप लगाए ।

उनले भने, ‘प्रसंग विना प्रधानमन्त्रीले संविधान संसोधनको विषयमा बोल्नु भारतलाई खुसी पार्न खोज्नु हो । पाएको संविधान संसोधनको जिम्मेवारी पुरा गर्न नसकेको भन्दै क्षमा याचना गरे जस्तो देखिन्छ ।’
ओलीले संविधान संसोधन पास गर्न नसकेकोमा प्रधानमन्त्रीले भारत समक्ष क्षमा याचना गरेको भन्दै नेपालको गरिमा भन्दा बाहिर गएर राष्ट्रियता, संसदको विषयमा आँच आउने अभिब्यक्ति, भारतलाई खुसी पार्न बोलिएको हुन सक्ने तर्क गरे ।

 

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...