देउवाले चीनको पक्षमा बोले पछी भारतलाई लाग्यो झट्का,मेजर जनरलले किन महरामाथी शंकाको सुई घुमाए?



प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार साँझ इन्डिया फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा नेपाल–चीन सम्बन्धमा बोलेको विषयले दिल्लीमा तरंग ल्याएको छ। देउवाले उक्त कार्यक्रममा ‘चीनसँग नेपालको राम्रो सम्बन्ध छ, हामीले चीनबाट समस्याको सामाना गर्नु परेको छैन’, प्रम देउवाले भनेका थिए, ‘भारतले यसमा कुनै आशंका गर्नु पर्दैन, तथापी नेपालले कुनै पनि परिस्थितिमा आफ्नो भूमी भारतको विरुद्ध प्रयोग हुन दिनेछैन।’ भनेका थिए। यसैले यतिबेला दिल्लीमा तरङ्ग ल्याएको हो।

दिल्लीमा बिहिबार साँझ इन्डिया फाउन्डेसनले इम्पेरिकल होटलमा आयोजना गरेको प्रधानमन्त्री देउवाका लागि नागरिक सम्मान समारोहमा देउवाले चीनसँग नेपालको कुनै समस्या नरहेको र चीनले नेपालको सार्वभौमसत्ताको सधैं सम्मान गरेको बताएका थिए।

सम्मान कार्यक्रममा भारतीय खाद्यमन्त्री रामविलास पासवानले उत्तरी छिमेकी चीनबाट नेपालललाई समस्या आउनसक्ने भन्दै त्यस्तो अवस्थामा ‘नेपाललाई कुनै पनि समय, कुनै पनि खालको सहयोग गर्न भारत तयार रहेको’ बताएका थिए। पासवानले ‘चीनले तिब्बत कब्जामा लिएको र नेपाललाई पनि समस्यामा पार्नसक्ने भएकाले त्यस्तो अवस्थामा भारतले सहयोग गर्ने’ बताएका थिए।

नेपालको सीमाबाट १२ किलोमिटर नजिकै विहारको हाजीपुरका बासिन्दा पासवानले चीनको प्रसंग जबरजस्ती तानेपछि देउवाले उनलाई जवाफ दिए।
परराष्ट्र मन्त्रालय सम्वद्ध उच्च स्रोतका अनुसार बिहिबार औपचारिक भेटवार्ता सकिएपछि देउवाले दिएको अभिव्यक्तिले दिल्लीका अधिकारी असन्तुष्ट देखिए र उनीहरूले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग यसबारे चासो राख्दै सोध्न थाले। आफुलाई धेरै फोन आउन थालेपछि केही तनावमा देखिएका महराले प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार दिनेश भट्टराई लगायतसँग छलफल समेत गरे।

प्रम देउवाको मन्तव्य सकिनासाथ सो कार्यक्रममा सहभागी भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल तथा नेपाल मामिला जानकार असोक मेहताले परराष्ट्रमन्त्री महरासँग ‘देउवाको मन्तव्य तपाईंले गाइड गरेको हो?’ भन्दै सोधेका थिए। भारतीयहरु महराको प्रभाबमा परेर देउवाले उक्त भनाइ राखेको बुझाइमा छन। चिनिया जासुसका रुपमा महरालाई स्वयम् मोदीले समेत लिने गरेको भारतीय पक्षको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी

रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

    रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार

प्रत्येक जिल्लाबाट पोखरा पुग्न रास्वपाको सर्कुलर

     राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न