मोदी हाल्ने,सुष्मा दिने देउवाले चाही दनादन पिउने



हाम्रो इकोनोमि

भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना समकक्षीसहितका भारतीय नेतृत्वले देखाएको संबेदनशिलताको कारण भावुक बन्न पुगेका छन ।
उच्चस्तरीय भ्रमणटोलीसहितको समकक्षीसँगको दुईपक्षीय बार्ता सकेर संयूक्त पत्रकार सम्मेलनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पोडियममा उभिएका देउवा समकक्षीले देखाएको सदासयताले भावु बन्न पुगेका हुन ।

द्धिपक्षी वार्तापछि संयूक्त पत्रकार सम्मेलन सुरु भयो, नेपालका प्रधानमन्त्री देउवाले आफ्नो भ्रमणको क्रममा दुई देशका विचमा भएका सहमति र आफ्नो भ्रमणको विषयमा आफ्नो धारणा राखिरहेका थिए ।
सामान्य स्वास्थ्य समस्या रहेका प्रधानमन्त्री देउवा बोल्दा बोल्दै विच विचमा खोक्दै थिए । अगाडि लामा लागेर बसेका नेपाली डेलिगेनको प्रधानमन्त्रीको भनाई सुनिरहेका थिए । सबैको ध्यान दुई मुलुकका प्रधानमन्त्रीहरुमाथि नै थियो ।
तर भारतीय प्रधानमन्त्री मोदी भने छेउमै रहेको मिनरल वाटरको बोतल तर्फ आफ्नो ध्यान आर्कषित गरे । देउवा बोलिरहँदा उनले बोतलको पानी ग्लासमा खन्याईसकेका थिए ।

पानी ग्लासमा खन्याईसकेपछि उनले भारतीय विदेशमन्त्री शुष्मा स्वराजतर्फ इशारा गरे । स्वराज आएर त्यो ग्लास बोकेर देउवाको अगाडि राखिदिईन र पानी पिउन देउवालाई इशारा गरिन ।

घाटीमा खसखस भएर होला बोल्दा बोल्दै विचमा खोकीरहेका देउवालाई सहृदयी रुपमा स्वराजले पानी दिईन, देउवाले पिए र आफ्नो मन्तब्य टुङग्याए ।
शुष्माले पानी दिदा देउवा निक्कै भावुक देखिन्थे । उनी भावनामा बहकिएको अनुमान लगाउने गाह्रो पर्दैन थियो । त्यही क्षणमा देउवाले नेपालको भूमि भारत बिरुद्ध कुनै पनि हालतमा प्रयोग गर्न दिन्न भन्दै प्रतिबद्धता ब्यक्तगरे । यो भनिरहँदा देउवा भावुक नै थिए ।
देउवालाई पानी पियाउन मोदी र शुष्मा आफै सक्रिय भईरहँदा नेपाली डेलिगेशन भने लाजले पानी पानी देखिएका थिए । ऋषी धमला

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...