गगन थापाले चाले नयाँ कदम,माफिया सिध्याउने यस्तो छ थापाको मन्त्र



हाम्रो इकोनोमि

प्रस्तावित चिकित्सा शिक्षा विधयेक र डा. गोविन्द केसीसँग सरकारले गरेको सम्झौता विपरीत काठमाडौको नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिएको विषयमा पूर्वस्वास्थ्य मन्त्री तथा सांसद गगनकुमार थापाले संसद सचिवालयमा जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

आधारभूत मापदण्ड समेत पुरा नगरेको नेश्नल मेडिकल कलेजलाई सम्बन्धन दिएर जनस्वास्थ्यमा खेलवाड भएको भन्दै संसदले सरकारको निर्णय सच्याउन र थप समस्या आउन नदिन आवश्यक हस्तक्षेप गर्न माग गरिएको छ । सांसदद्वय श्यामकुमार श्रेष्ठ र रुक्मीणी चौधरीको समर्थनमा दर्ता गरिएको प्रस्तावमा गुणस्तरीय स्वास्थ्य प्राप्त गर्ने नागरिकको अधिकार र भविष्य माथी नै खेलवाड गरिएको उल्लेख छ ।

प्रस्तावमा भनिएको छ, “न चिकित्सक, न विरामी न पूर्वाधार, यसरी मापदण्ड नपुगेकालाई सम्बन्धन दिदँै गर्दा त्यसबाट उत्पादन हुने चिकित्सकबाट पाउने स्वास्थ्य सेवा कस्तो होला ? के हामीले प्रदान गर्न खोजेको गुणस्तरीय स्वास्थ्य सेवा यस्तै हो ?”

सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई वेवास्ता गर्दै पुरानो निर्णयलाई आधार बनाएर सम्बन्धन दिनु अदालतको फैसला प्रतिकुल र त्यसको अपव्याख्या भएको प्रस्तावकको तर्क छ ।

सम्बन्धन दिने त्रिभुवन विश्वविद्यालयको यो निर्णयले सरकारको पटक पटकको प्रतिवद्धताको बर्खिलाप गरेको र संवेदनशील विषयमा गलत निर्णय भएकाले कार्यन्वयन हुन नदिन सदनले हस्तक्षेप गरी निर्णय रोक्न प्रस्तावक थापाले माग गरे ।
यस विषयमा संसदले सरकारलाई अविलम्ब निर्देशन दिन अपरिहार्य देखिएकाले जरूरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेको प्रस्तावमा उल्लेख छ ।

विगतका सरकारले पटक–पटक ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिने र काठमाडौंमा १० वर्ष सम्म मेडिकल कलेज नखोल्ने’ समझदारी गरेको प्रस्तावमा स्मरण गराइएको छ ।

मेडिकल कलेजहरू धेरै काठमाडौंमा खोल्न दिने हो भने दुर्गममा चिकित्सक पुगेनन भनेर चिन्ता गर्नुको अर्थ नहुने प्रस्ताव थापाको भनाई छ । एउटा भवनलाई देखाएर जालझेल गर्दै पूर्वाधार पुग्यो भनेर मेडिकल कलेज चलाउन सम्बन्धन दिदा गुणस्तरीय चिकित्सकको उत्पादन हुन नसक्ने भएकाले संसदले तत्काल यस विषयमा ध्यान दिनु पर्ने प्रस्तावमा उल्लेख गरिएको पनि हाम्राकुराले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...