यी हुन् टेलिकम धरासायी पार्ने धमिराहरु,एनसेल पोस्ने यस्तो छ दाउ



हाम्रो इकोनोमि

कालोसूचीमा परेको कम्पनीलाई ठेक्का दिनका लागि नेपाल दूरसंचार कम्पनी(टेलिकम)का पूर्व र वर्तमान उच्च अधिकारीले तीव्र दबाब दिने गरेका छन् ।

नेपाल टेलिकममा उपकरण लगायतका सामान आपूर्ति गर्दैआएका डीआर उपाध्याय कालोसूचीमा परेका ब्यापारी हुन् । उनले आपूर्ति गरेका सामान गुणस्तरहीन भएका कारण टेलिकमले उनको ब्यापारिक फर्मलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा परेका उपाध्यायलाई साथमा लिएर टेलिकमका पूर्व प्रबन्ध निर्देशक बुद्धि आचार्य र सिभिल विभाग प्रमुख सुनिल पोखरेल कम्पनीलाई एनसेलको योजनामा भित्रभित्रै सिध्याउन लागेका छन् ।

तर तिनै उपाध्यायको सामान खरिदका लागि टेलिकमका पूर्व प्रबन्ध संचालक आचार्य र सिभिल विभाग प्रमुख पोखरेल लागेका छन् ।
पोखरेलले टेलिकमभित्र कर्मचारी भड्काउने काम समेत गर्दैआएका छन् । यसरी एनसेलको उक्साहटमा कर्मचारी भड्काउनेदेखि कालोसूचीमा परेको कम्पनीलाई ठेक्का दिन दबाब दिएर टेलिकम धरासायी बनाउने खेलमा आचार्य र पोखरेल दिन रात लागिरहेका छन् ।

पछिल्लो समयमा अरु कुनै विकल्प नदेखेपछि आचार्य र पोखरेल आफ्नै संस्थाविरुद्ध शक्तिकेन्द्रमा धाउन थालेका छन् । स्रोतका अनुसार उनीहरुको भित्री योजना सार्वजनिक भएपछि उनीहरु शक्तिकेन्द्रको सहारामा पुगेका हुन् । तर बार्षिक करबाहेकको मुनाफा १५ अर्ब रुपैयँमा वर्तमान नेतृत्वले पु¥याएपछि उनीहरुको शक्तिकेन्द्र धाउनुपर्ने औचित्यसमेत पुष्टी हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...