ओलीको गम्भीर प्रस्ताब नमानेका देउवाले,मोदीका सामुन्ने त्यो बिषयमा किन चुक्क बोलेनन्



हाम्रो इकोनोमि

भारत भ्रमण जानु एकअघि प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रम शेरबहादुर देउवालाई भेटेका थिए । भेटमा ओलीले भारत भ्रमणमा एउटा सन्धिमा जसरी पनि हस्ताक्षर गरेर आउन आग्रह गरे । प्रम देउवाले पनि हुन्छ भने । र, भोलिपल्ट भारत भ्रमणमा निस्किए ।

तर, दिल्लीमा आज प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको द्विपक्षीय वार्तामा उक्त सम्झौता हुन सकेन् । भारतसँग हस्ताक्षर भएको ८ बुँदे समझदारी पत्रमा उक्त सन्धिबारे कुनै उल्लेख छैन् ।

 

ओलीले स्वयंम आफू प्रधानमन्त्रीको रुपमा भारत भ्रमणमा जाँदा यो सन्धि गरेका थिएनन् । अब यहाँ प्रश्न उठ्छ कि ओलीले भारतसँग आफ्नो पार्टीको सम्बन्ध सुधार्न देउवालाई यो सन्धिमा हस्ताक्षर गर भनेका हुन कि देउवालाई अझै ‘भारतीय दलाल, लम्पसारवादी’ भनेर प्रचार गरी फाइदा लिन र नेपाली जनतासामू अझै राष्ट्रवादी बन्न भनेका हुन् ?

जे होस ओलीले जेसुकै प्रयोजनका लागि यो प्रस्ताव राखेपनि देउवाले अहिलेसम्म दिल्लीमा यो सन्धिमा हस्ताक्षर गरिसकेका छैन् । अझै भ्रमण तीन दिन बाँकी रहँदा सन्धिमा हस्ताक्षर गर्छन कि गर्दैनन् हेर्न बाँकी नै छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...