मोदीले देउवालाई आकस्मिक भेट्नुको रहस्य खुल्यो,सत्ताको चाबी राख्न मोदीले देउवालाई दिए यस्तो गुरुमन्त्र



भारत भ्रमणमा क्रममा दिल्लीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बुधबार (हिजो) साँझ भएको आकस्मिक भेटको रहस्यको पाटो केहि हद सम्म खुलेको छ ।

दिल्लीस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार हिजो मोदीसँग भेट्ने कुनै कार्यतालिका नभएपनि नेपाललाई हिन्दू राष्ट्र बनाउने एजेण्डामा छलफल गर्न मोदीले देउवालाई आकस्मिक रुपमा आफ्नो कार्यालयमा आमन्त्रण गरेका थिए ।

हैदरावाद हाउसमा करिब आधा घण्टा भएको वान टु वान वार्ता हिन्दू राष्ट्रको एजेण्डामा केन्द्रीत रहेको स्रोत बताउँछ । ‘नेपाललाई हिन्दू राष्ट्रका लागि आवश्यक योजना बनाउन र गतिविधि अगाडि बढाउनेबारे देउवा र मोदीबीच मोटामोटी समझदारी भएको छ,’ दिल्लीबाट स्रोतले टेलिफोनमा भन्यो– ‘अब कांग्रेसले हिन्दू राष्ट्रको मुद्दा उठाउन सक्छ । कांग्रेसको सभापति समेत रहनुभएका देउवाबाट मोदीले हिन्दू राष्ट्रको मुद्दा अघि बढाउन आग्रह गर्नुभएको थियो । त्यसमा देउवाले सकारात्मक जवाफ दिए ।’

स्रोतका अनुसार कांग्रेसमा शंशाक कोइरालादेखि खुमबहादुर खड्कासम्म अधिकांश नेता हिन्दू राष्ट्रको पक्षमा रहेका बेला भारतबाटै औपचारिक प्रस्ताव आएपछि कांग्रेसले अब यसलाई एजेण्डा बनाएर लैजाने सम्भावना प्रबल छ ।

उसो त भारत पहिले देखिनै नेपाललाई हिन्दू राष्ट्र भएको हेर्न चाहन्छ । पछिल्लो समय क्रिश्चियन धर्मका कारण नेपालबाट हिन्दू धर्म लोप हुने अवस्थामा पुगेको छ । अहिले देशमा मन्दिरभन्दा बढी चर्च निर्माण भएका छन् । देशमा धार्मिक संस्थाहरुले आफ्नो धर्म लोप हुँदै गइरहेको र राष्ट्रको चिनारी नै हराउन लागेकोमा चिन्ता व्यक्त गरेका बेला छिमेकी देशले हिन्दू राष्ट्र बनाउन सहयोग गर्ने संकेत देखाएको हो । मोदी आफ्नो कार्यकालमै नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा छन्। र देउवालाई उनले सोहि बमोजिम गर्नु र त्यो गर्न बाताबरण मिलाए बापत सत्ताको साँचो लामो समय सम्म राख्नु भन्ने संदेश समेत दिएका छन।

प्रतिक्रिया दिनुहोस
न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

कसैको पार्टी टुक्र्याउन खोजे आफैं खाल्डोमा पर्नुहुन्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी टुक्र्याउनेगरी कुनै कदम

बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने

    बुढानीलकण्ठ नगरपालिकाले सयौ युवाहरुलाई रोजगार दिने तयारी गरेको छ । बुढानिलकण्ठ