स्वास्थ्य शिविरमा चौध हजारजनाको उपचार



हाम्रो इकोनोमि

महोत्तरीको २६ स्थानमा बुधबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १४ हजार ७६२ जनाको उपचार गरिएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले ३७ बाढी डुबान गाउँका लागि आयोजना गरेको स्वास्थ्य शिविरमा पाँच हजार ९८२ पुरुष र आठ हजार ७७९ जना महिला गरी सो सङ्ख्याका बाढीपीडत प्रत्यक्ष लाभान्वित भएका थिए ।

बालरोग, स्त्री रोग, छाला रोग, साधारण चिकित्सा लगायतका विशेषज्ञले महोत्तरीका विभिन्न वाढीपीडित स्थानमा एकै पटकमा स्वास्थ्य शिविर सञ्चालन गरेको कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्र झाले बताउनुभयो ।

शिविरमा ज्वरो, रुखाखोकी, झाडापखाला, जीउ चिलाउनेजस्ता रोगका बिरामीको उपचार गर्नुका साथै दुई महिनादेखि दुई वर्षसम्मका बालबालिका र गर्भवती महिलालाई पाँच किलोका दरले पोषिलो पीठोसमेत वितरण गरिएको अधिकृत झाले जानकारी दिनुभयो ।

शिविरमा उपचार लिन आएकाको बिरामीलाई जाँच गरी स्वस्थ्य रहन जनचेतनामूलक सन्देश प्रवाह गरिएको थियो । बाढी तथा डुबान क्षेत्रमा महामारीजन्य रोग फैलिन नदिन एकै पटकमा महोत्तरीको दुई दर्जनभन्दा बढी स्थानमा जनकपुर अञ्चल अस्पताल, जानकी मेडिकल कलेज, जानकी हेल्थ केयर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका एक दर्जनभन्दा बाढी स्वास्थ्य संस्थाका ७०० स्वास्थ्यकर्मी परिचालन गरिएको थियो । गत साउन २८ गते राति भीषण वर्षासँगै आएको बाढीले महोत्तरीका ४० हजार घर डुबानमा परेर दुई लाख स्थानीयवासी सडकमा बसोबास गर्दै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
माधवकुमार नेपाल अस्पतालमा भर्ना

    नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना...

महाराष्ट्रका उप-मुख्यमन्त्री चढेको विमान दुर्घटना

    भारत महाराष्ट्रको बारामतीमा बुधबार बिहान उपमुख्यमन्त्री अजित पवार सवार निजी चार्टर्ड...

शिक्षामन्त्री पुनले दिए राजीनामा

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् ।...

माछापुच्छ्रे बैंकले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याउने

    माछापुच्छ्रे बैंकले काठमाडौंको महाराजगञ्जस्थित देशकै ठूलो अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा...