खोलाले बगाएर तीन बालकको मृत्युखोलाले बगाएर तीन बालकको मृत्यु



हाम्रो इकोनोमि

हेटौँडा  । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–७ को मनहरि खोलामा आज ११ः३० बजे नुहाउन गएका तीन बालकको सोही खोलाले बगाएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सोही स्थान बस्ने सुजन थिङका छोरा ११ वर्षीय अमन थिङ, दीपक रुम्बाका छोरा ७ वर्षीय अलेख रुम्बा र बाबुलाल रुम्बाका ७ वर्षीय प्रकाश रुम्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभएको छ ।

यसैगरी, सोही वडा बस्ने तेजमान मोक्तानको १५ वर्षीय छोरा बुद्ध लामा मोक्तान सोही खोलाले बगाउँदा घाइते भएकाले उपचारका लागि चितवनस्थित मेडिकल कलेजमा पठाइएको मनहरि इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतक तीन बालकको लास शवपरीक्षणका लागि मनहरिबाट हेटौँडा अस्पताल ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...