खोलाले बगाएर तीन बालकको मृत्युखोलाले बगाएर तीन बालकको मृत्यु



हाम्रो इकोनोमि

हेटौँडा  । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–७ को मनहरि खोलामा आज ११ः३० बजे नुहाउन गएका तीन बालकको सोही खोलाले बगाएर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा सोही स्थान बस्ने सुजन थिङका छोरा ११ वर्षीय अमन थिङ, दीपक रुम्बाका छोरा ७ वर्षीय अलेख रुम्बा र बाबुलाल रुम्बाका ७ वर्षीय प्रकाश रुम्बा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बामदेव गौतमले जानकारी दिनुभएको छ ।

यसैगरी, सोही वडा बस्ने तेजमान मोक्तानको १५ वर्षीय छोरा बुद्ध लामा मोक्तान सोही खोलाले बगाउँदा घाइते भएकाले उपचारका लागि चितवनस्थित मेडिकल कलेजमा पठाइएको मनहरि इलाका प्रहरी कार्यालयले जनाएको छ । मृतक तीन बालकको लास शवपरीक्षणका लागि मनहरिबाट हेटौँडा अस्पताल ल्याइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...