देउवाले लगे एमालेका दुइ सांसद,के-के गरेर बिताउदै छन् भारतमा ५ दिन



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा एमालेका दुई सांसद पनि गएको खुलेको छ ।
प्रधानमन्त्री देउवाको भारत भ्रमण टोलीमा एमालेबाट सांसद भूपेन्द्र थेबे र सीता गिरी वली परेका छन् ।

भ्रमण टोलीमा माओवादीबाट अजयशंकर नायक, संघीय समाजवादी फोरमबाट अभिशेकप्रताप साह, फोरम लोकतान्त्रिकबाट पवनकुमार शारदा र नेकपा संयुक्तबाट जयदेव जोशी छन् ।
कांग्रेसबाट ईश्वरी न्यौपाने, अनिलकुमार रंगाटा, एनपी साउद, उमेश श्रेष्ठ, रञ्जित कर्ण, सीतराम भण्डारी र रश्मी ठाकुर छन् ।
भ्रमण टोलीमा सहभागी सबै सांसदलाई होटल ताजमानसिंहमा बस्ने व्यवस्था मिलाइएको छ ।

भ्रमण तालिका अनुसार देउवा ८ गते राष्ट्रपति भवनमा दिइने ‘गार्ड अफ अर्नर’ मा सहभागि हुनेछन्।
त्यस पछि उनले राजघाट स्थित माहात्मा गान्धीको समाधि स्लथमा गएर श्रद्धान्जली व्यक्त गर्नेछन्। देउवाले भारतीय राष्ट्रपति रामनाथ र भारतीय उपराष्ट्रपतिलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम छ।

भारतीय समकक्षी नरेन्द्र मोदीसँग उनले औपचारिक भेटघाट गर्नेछन। त्यस्तै देउवासँग भारतका केही वरिष्ठ मन्त्रीहरुले पनि भेटघाट गर्नेछन्। मोदीले देउवाको सम्मानमा लन्च दिनेछन्।
नेपाली दुतावासले देउवाको सम्मानमा आयोजना गर्ने कार्यक्रममा पनि उनी सहभागि हुने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। त्यस्तै देउवालले भारतका बुद्धिजिवी र व्यापारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको छ ।
भारत रहदा देउवाले आन्द्र प्रदेशको तेलङ्गना र बिहारको पनि भ्रमण गर्ने भएका छन्। कार्यतालिका अनुसार उनी भदौं ११ मा स्वदेश फर्कने छन् ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...