मतपत्र च्यात्नेलाई प्रचण्डले यस्तो दिए उपहार,माओबादी भित्रै भयो बबाल!



हाम्रो इकोनोमि

भरतपुरमा प्रचण्डपुत्री रेणु दाहाललाई महानगरको मेयर बनाउन मत पत्र च्यातेर गजबको काम गरेबापत उनको पार्टी माओवादी केन्द्रले त्यहाँका होनहार कार्यकर्ता मधु न्यौपानेलाई पुरस्कृत गरेको छ । उनलाई जिल्ला अध्यक्षको हैसियतले मतपत्र च्यातेको अपराधमा हिरासतमा राखेर छोड्दा नै अविर माला लगाएर योगदानको कदर गरिएको थियो ।

तर, त्यतिले नपुगेर यसै साता सम्पन्न युवा दस्ता वाइसिएलको महाधिवेशनबाट केन्द्रीय समिति सदस्यमा मनोनीत गरी पार्टी र नेतृत्वप्रति अटुट निष्ठाको सम्मान गरिएको हो । गणतन्त्र दिवसको अघिल्लो दिन जेठ १४ गते मध्यराति मतपत्र च्यात्ने अनुपम काम गरेका कारण उनलाई वाइसिएलको केन्द्रीय सदस्य बनाइएको माओवादी सम्बद्ध नेताहरु बताउँछन् ।

जम्मा ५७० जना प्रतिनिधि उपस्थित वाइसिएल महाधिवेशनमा जीवन घिसिङ, रविन महतोलगायत ५०–६० जनाले पदको कुरामा असहमति जनाउँदै हल छाडेको जानकारी प्राप्त भएको छ ।

महाधिवेशन आयोजक समितिको २७ सदस्यीय कार्यालयमध्ये २४ जना बिदा भएका छन्, बाँकी ३ जनामध्ये दीपशिखा अध्यक्ष, सुबोधराज शेर्पाली महासचिव र पुजा कार्की उपाध्यक्षको युवा उमेर नकटेको कारण नयाँ कार्यसमितिमा छानिएका छन्, खबर जनआस्थामा उल्लेख छ ।

लक्ष्मी चौलागाई ‘शैलेन्द्र’, युवराज दुलाल ‘शरद’ र दीपक देवकोटा अध्यक्षको प्रतिस्पर्धामा थिए । यो महाधिवेशनपछि वाइसिएलले फौजी गतिविधि छाडेर अब राजनीतिक काममा बढी केन्द्रित हुने रणनीति तय गरेको छ । अहिले सबै दलका युवा संगठनहरुको भूमिका खुम्चिएको देखिन्छ । एमालेको युवा संघ, कांग्रेसको तरुण दलमा पनि सुस्तता छाएको छ ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...