नीति बनाउँदा विज्ञको सुझाव लिनुपर्छ : पूर्वमन्त्री पाण्डे



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले सहकारी संस्थालाई व्यवस्थित गर्न चाँडो सहकारी नीति ल्याउनुपर्ने बताउनुभएको छ ।

विश्वास बहुउदेश्यीय सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभामा मंगलबार नेता पाण्डेले नीतिनियम बनाउँदा विज्ञलाई नसमेटिए नीति फितलो हुने औँल्याउँदै सहकारीले जनताको पैसा जोखिममा पर्न नदिन लगानीको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सहकारीको विकासले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको स्पष्ट पार्दै कुनै पनि देशको आर्थिक उन्नति हुनका लागि त्यस देशका मानिस उद्यमी र व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो ।

उक्त सहकारी संस्थाका अध्यक्ष रमेश गौतमले २०५६ सालमा ३९ लाख शेयर संकलन गरी रु २९ लाख १४ हजार ७१७ बाट कारोबार शुरु भएको र आर्थिक वर्ष २०७३÷७४ मा मात्र संस्थाले रु १९ करोड ३४ लाख शेयर पूँंजी संकलन गर्न सफल भएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...