नीति बनाउँदा विज्ञको सुझाव लिनुपर्छ : पूर्वमन्त्री पाण्डे



हाम्रो इकोनोमि

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले सहकारी संस्थालाई व्यवस्थित गर्न चाँडो सहकारी नीति ल्याउनुपर्ने बताउनुभएको छ ।

विश्वास बहुउदेश्यीय सहकारी संस्थाको १९ औँ वार्षिक साधारणसभामा मंगलबार नेता पाण्डेले नीतिनियम बनाउँदा विज्ञलाई नसमेटिए नीति फितलो हुने औँल्याउँदै सहकारीले जनताको पैसा जोखिममा पर्न नदिन लगानीको विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सहकारीको विकासले देशको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको स्पष्ट पार्दै कुनै पनि देशको आर्थिक उन्नति हुनका लागि त्यस देशका मानिस उद्यमी र व्यावसायिक बन्नुपर्नेमा जोड दिनुभयो ।

उक्त सहकारी संस्थाका अध्यक्ष रमेश गौतमले २०५६ सालमा ३९ लाख शेयर संकलन गरी रु २९ लाख १४ हजार ७१७ बाट कारोबार शुरु भएको र आर्थिक वर्ष २०७३÷७४ मा मात्र संस्थाले रु १९ करोड ३४ लाख शेयर पूँंजी संकलन गर्न सफल भएको जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...