प्रधानमन्त्री राहत कोषमा रु २५ लाख



हाम्रो इकोनोमि

काठमाडौँ । राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई रु २५ लाख प्रदान गरेको छ ।

सो संस्थाले यसअघि भूकम्पपीडितका लागि रु २५ लाख प्रदान गरेको थियो । ंउक्त रकम संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।

साउन २७ गतेदेखि २९ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका पीडितका लागि उक्त रकम हस्तान्तरण गरिएको हो ।

त्यसैगरी संघले मातहतमा रहेका केन्द्रीय सहकारी संघ राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत ३४ हजारभन्दा बढी प्रारम्भिक सहकारी संस्थालाई समेत सक्दो सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।

संघले जम्मा गरेको रकम राष्ट्रिय सहकारी बैंक लि शाखा कार्यालय बानेश्वरको खाता नं १३–०००२४–२९ र राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरको दैवी प्रकोप उद्धार कोषको खाता नं १४२००–३४३५१–१० मा रकम जम्मा गर्न पनि आह्वान गरेको छ ।

संघका अध्यक्ष तथा सांसद केशव वडाल नेतृत्वको टोलीमा संघका उपाध्यक्ष तथा सांसद ओमदेवी मल्ल, सञ्चालक रवीन्द्र केसी, चन्द्र ढकाल, दक्ष पौडेल, शिवकुमार डाँगी, सूचना तथा प्रकाशन उपसमितिका सदस्य विपिन शर्मा, महाप्रबन्धक रामभजन शाह, नायब महाप्रबन्धक चित्राकुमार थाम्सुहाङ सुब्बा हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...