प्रधानमन्त्री राहत कोषमा रु २५ लाख



हाम्रो इकोनोमि

काठमाडौँ । राष्ट्रिय सहकारी संघले प्रधानमन्त्री राहत कोषलाई रु २५ लाख प्रदान गरेको छ ।

सो संस्थाले यसअघि भूकम्पपीडितका लागि रु २५ लाख प्रदान गरेको थियो । ंउक्त रकम संघको प्राकृतिक विपत्ति उद्धार कोषबाट प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको हो ।

साउन २७ गतेदेखि २९ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका पीडितका लागि उक्त रकम हस्तान्तरण गरिएको हो ।

त्यसैगरी संघले मातहतमा रहेका केन्द्रीय सहकारी संघ राष्ट्रिय सहकारी बैंक, जिल्ला संघ तथा विषयगत संघलगायत ३४ हजारभन्दा बढी प्रारम्भिक सहकारी संस्थालाई समेत सक्दो सहयोग उपलब्ध गराउन आग्रह गरेको छ ।

संघले जम्मा गरेको रकम राष्ट्रिय सहकारी बैंक लि शाखा कार्यालय बानेश्वरको खाता नं १३–०००२४–२९ र राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरको दैवी प्रकोप उद्धार कोषको खाता नं १४२००–३४३५१–१० मा रकम जम्मा गर्न पनि आह्वान गरेको छ ।

संघका अध्यक्ष तथा सांसद केशव वडाल नेतृत्वको टोलीमा संघका उपाध्यक्ष तथा सांसद ओमदेवी मल्ल, सञ्चालक रवीन्द्र केसी, चन्द्र ढकाल, दक्ष पौडेल, शिवकुमार डाँगी, सूचना तथा प्रकाशन उपसमितिका सदस्य विपिन शर्मा, महाप्रबन्धक रामभजन शाह, नायब महाप्रबन्धक चित्राकुमार थाम्सुहाङ सुब्बा हुनुहुन्थ्यो ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...