ओली यसरी बने कमल थापा र नवराज सिलवालको वकिल



हाम्रो इकोनोमि

सर्वोच्च अदालतमा पशुपतिशमशेर राणाले दायर गरेको रिटका सम्बन्धमा भएको अन्तरिम आदेशप्रति असन्तुष्टि व्यक्त गर्दै एमाले अध्यक्ष केपी ओलीले अदालतको स्वतन्‍त्र भूमिकाबारे प्रश्न उठाएका छन ।कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजन भएको सम्बन्धमा अदालतले राणालाई सहज हुने निर्णय गरेको थियो।

‘आम जनताले अदालतको निष्पक्ष भूमिका खोजेको, हेरेको र अपेक्षा गरेको हुन्छ,’ भन्दै उनले भने-‘यो कमसेकम नेपाली जनताले बुझ्ने गरी हुनुपर्‍यो नि, एउटा संस्थाले सार्वजनिक ढंगले सूचना गर्छ । अर्कोले फेरि सनाखत भइसक्यो फेरि किन गर्नु भन्छ’, उनले भने ।
‘मेरो आग्रह के छ भने लोकतन्त्र क्षणिक लाभका निम्ति मर्यादित संस्था दुरुपयोग गर्ने प्रणाली हैन’, ओ‌लीले भने, ‘लोकतन्त्रमा आधारभूत मूल्य मान्यतामा अडिनु पर्छ । शक्ति सन्तुलन र नियन्त्रण कायम हुनुपर्छ ।’

उनले डिआइजी नवराज सिलवालबारे पनि नाम नलिई संसदमा कुरा उठाए, ‘एउटा पुलिस अफिसरले चाकडी पुर्‍याएन भनेर सिङ्गो राज्य लाग्ने । दोस्रो हैन पहिलो वरियताको हो भनेर भनिसकेपछि ११ वटा (एआइजी) बढुवामा १२ औँ नम्बरमा पनि पर्दैन ।’
उनले पाएको हक पनि सरकारले मासिदिएको आरोप लगाउँदै भने, ‘मेरो यो आँसु बगाई व्यक्तिप्रति हैन प्रवृत्तिप्रति हो ।’ यो सरकार छानी छानी डण्डा बर्सौउदै छ भन्दै आक्रोश समेत पोखे।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...