महिला भलिबल प्रतियोगिता शुरु



हाम्रो इकोनोमि

पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ ।

नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगितामा पाँच टोलीको सहभागिता छ । प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र र पश्चिमाञ्चल क्षेत्रीय भलिबल टोलीको सहभागिता छ ।

प्रतियोगिताको उद्घाटन खेलमा न्यु डायमण्डले नेपाल प्रहरीलाई २५–१७, २५–१९ र २५–२० ले पराजित गरेको प्रतियोगिताका प्रचार प्रसार संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन कास्कीका प्रजिअ तारानाथ अधिकारीले गर्नुभएको थियो । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने टोलीले क्रमशः रु ७५ हजार १०१, रु ५० हजार १०१, रु २० हजार र रु १५ हजारका साथ ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यसै अवसरमा आइतबारदेखि अन्तर मावि छात्रा भलिबल, तीज गीत, लोकनृत्य, विद्यालयस्तरीय जोडी नृत्य, बाल उद्यान तथा हास्य प्रहसन, नरबहादुर स्मृति जिल्लास्तरीय सितेरियो कराँते प्रतियोगिता तथा राष्ट्रिय कलाकारको मनोरञ्जनात्मक प्रस्तुति जस्ता कार्यक्रम भइरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको ५० प्रतिशत निर्माण सम्पन्न

    चितवनको भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण कार्य...

इरानी फुटबल टोली अमेरिका पुग्यो

  अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति घोषणा भएकै समयमा इरानको राष्ट्रिय...

त्रिविको क्रिकेट रंगशाला खाली गर्न ३५ दिने अल्टिमेटम

    त्रिभुवन विश्वविद्यालयले आफ्नो हाताभित्र रहेको क्रिकेट रगंशाला खाली गर्न ३५ दिनको...