मालपोत कार्यालयद्वारा एक करोड राजस्व संकलन



जुम्ला । जिल्ला मालपोत कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा विभिन्न शीर्षकबाट रु एक करोड सात लाख ८९ हजार राजस्व संकलन भएको छ ।

लिखत राजीनामाबाट रु ७१ लख ५९ हजार, अंशबण्डा र भर्पाईबाट रु छ लाख ७३ हजार, धितो÷दृष्टि बन्धकबाट रु १६ लाख ९९ हजार, बकसपत्रबाट रु छ लाख २७ हजार र छोडपत्र र दानबकसबाट रु छ लाख २९ हजार राजस्व संकलन भएको मालपोत अधिकृत रामलाल प्याकुरेलले जानकारी दिनुभयो ।

नगरपालिका र गाउँपालिकाका महिला, दलित, अपांगता भएका व्यक्ति, वृद्धवृद्धा, आदिवासी÷जनजाति गरेर ५३३ जनाले राजस्व छुट प्राप्त गरेका थिए । लक्षित वर्गलाई रु १७ लाख आठ हजार राजस्व छुट गरिएको कार्यालयले जनाएको छ । आव २०७२÷७३ मा मालपोत कार्यालयले रु एक करोड १२ लाख १५ हजार राजस्व संकलन गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
रविना थापाद्वारा एनआरएनएको अध्यक्षमा उम्मेदवारी घोषणा

  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) अध्यक्ष रविना थापाले सङ्घको आसन्न ११ औँ

चीनले नेपालीलाई रेलवे सम्बन्धी तालिम दिने

  चीन सरकार नेपालीलाई रेल सम्बन्धी तालिम दिन तयार भएको छ । प्रधानमन्त्री

नेपाल र चीनबीच १३ बुँदे सम्झौता

      नेपाल र चीनबीच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारी

दोहोरो अंकले बढ्यो सेयर बजार

    साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ ।