देउवाको सरकारमा ५० मन्त्री,यी हुन् आज थपिएका १५ राज्यमन्त्री



हाम्रो इकोनोमि

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा रहेको मन्त्रिमण्डलमा चौथो पटक विस्तार गरेका छन्।आइतबार तेस्रो पटक माओवादीका ८ जना राज्यमन्त्री नियुक्त गरेको दुई दिनपछि मंगलबार नेपाली कांग्रेस र फोरम लोकतान्त्रिकबाट १५ जना राज्यमन्त्रीहरु थप गरेका छन्। यसरी थपिएका राज्यमन्त्रीसहित देउवा नेतृत्वको सरकारको संख्या ५० पुगेको छ।

यसरी कांग्रेसबाट राज्यमन्त्रीमा नियुक्त हुनेहरुमा शेषनाथ अधिकारी, तप्तबहादुर विष्ट, नरबहादुर चन्द, उदयशम्शेर राणा, चम्पादेवी खड्का, अब्दुल रज्जाक, सीता गुरुङ, डिल्ली चौधरी, दिलमान पाख्रीन, तेजुलाल चौधरी, सरिता प्रसाई, र अमरसिंह पुन रहेका छन्।

उनीहरुको मन्त्रालयबारे अहिले कुनै जानकारी आएको छैन्। प्रधानमन्त्री देउवाले आजै अपरान्ह पद तथा गोपनियताको सपथ दिलाउनु अघि यसबारेमा जानकारी आउने बताइएको छ।

त्यसैगरी फोरम लोकतान्त्रिकबाट जनकराज चौधरी, सुमित्रा थरुनी र यशोधा लामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...