राप्रपाले ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने भएको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी तथा सांसदको संयुक्त बैठकले व्यवस्थापिका–संसद्मा सोमबार संविधान संशोधनको प्रक्रियामा सहभागी नभएका १८ सांसदले पार्टी हित विपरीत काम गरेको ठहर गर्दै उनीहरुमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

बैठकमा प्रमुख सचेतक कुन्तीकुमारी शाहीले संविधान संशोधनको विपक्षमा मतदान गर्न सम्पूर्ण सांसदलाई पार्टी ह्विप जारी गरिएकामा अनुपस्थित रहेका सांसदबारे जानकारी दिनुभएको थियो ।

पार्टी विभाजनको प्रयत्न गरेका नेता पशुपतिशम्शेर जबरा समूहको दललाई कानुनी मान्यता दिन सोमबार सर्वोच्च अदालतले गरेको निर्णयका सम्बन्धमा पार्टीले कानून व्यवसायीसँग परामर्श गरी उपचारका लागि अदालतमा जाने निर्णय गरेको छ । काठमाडौँमा चाँडै काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेला गर्ने निर्णय पनि भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

    सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

प्रधानमन्त्री केपी ओलीविरुद्ध रवि लामिछानेको कडा आक्रोश

     प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी

रवि लामिछानेको प्रदर्शनमा प्रहरीद्धारा अश्रुग्यास प्रहार

    रास्वपा सभापति रवि लामिछानेको पक्राउको विरोधमा भइरहेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार

प्रत्येक जिल्लाबाट पोखरा पुग्न रास्वपाको सर्कुलर

     राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न