कांग्रेस-माओबादी भन्छन एमालेले गर्यो झेल,उसैका कारण संशोधन विधेयक भयो फेल



हाम्रो इकोनोमि

माओवादी केन्द्रले एमालेका कारण संविधान संशोधन विधेयक फेल भएको निस्कर्ष निकालेको छ ।
आज बसेको माओवादीको बैठकले एमालेकै कारण संशोधन विधेयक फेल भएको भन्दै राष्ट्रलाई एकतावद्ध गर्ने विधेयक फेल हुनु दुर्भाग्यपूर्ण भएको निस्कर्ष निकालेको हो । एमालेको दम्भले गर्दा मुलुक अस्थिरता तर्फ धकेलिएको उसको निष्कर्ष छ।

उता सत्तारुढ नेपाली काँग्रेसले संविधान संशोधन विधेयक फेरी संसदमा पेश गर्ने प्रतिक्रिया दिएको छ । काँग्रेस नेता प्रकाशशरण महतले विधेयक अहिले अस्वीकृत भएपनि पछि यसलाई फेरी संसदमा ल्याएर पारित गराउने प्रतिक्रिया दिएका हुन् ।
संविधान संशोधन विधेयक अस्वीकृत भएपछि संसद भवनबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उनले विधेयकमा रहेको अन्तरभावनालाई सम्बोधन गरेर आफनो पार्टी हिमाल, पहाड र तराईलाई एकतावद्ध बनाएर लैजाने पक्षमा रहेको सुनाए । नेता महतले एमाले सहितका विपक्षी दलले मुलुकमा विभाजन ल्याउने षडयन्त्र गरिरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...