भारतबाट फेरि अर्को गैँडाको उद्धार



चितवन । बाढीले बगाएर भारत पु¥याएको अर्को दुर्लभ एकसिंगे गैँडालाई पनि उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ ।

बाढीले बगाएर भारतको वाल्मीकिनगरमा पु¥याएको वयस्क गैँडालाई उद्धार गरी चितवनको रत्ननगरस्थित निकुञ्जको पूर्वी सेक्टर ल्याइपु¥याइएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार साँझ डार्ट गरेर नियन्त्रणमा लिइएको गैँडालाई आज बिहान चितवन ल्याइएको हो । यसरी भारतबाट उद्धार गरिएको यो तेस्रो गैँडा हो ।

बाढीले चितवन निकुञ्जबाट चारवटा गैँडालाई बगाएर भारत पु¥याएकोमा तीनवटाको उद्धार भएको छ भने एउटा बच्चा गैँडाको उद्धारका लागि आज पनि प्राविधिकसहितको टोली भारतमा परिचालन भएको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।

यसअघि अस्ति आइतबार र साउन २ गते गरेर दुईवटा गैँडाको उद्धार गरी चितवन निकुञ्जमा ल्याएर छाडिसकिएको छ । प्राविधिकहरुले बन्दुकमार्फत डार्ट गरेर बेहोस बनाइ खोरमा राखी उक्त खोरलाई ट्रकमा राखेर गैँडालाई ल्याउँछन् ।

अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा प्राविधिकसहित गरी झण्डै ५० जनाको टोली गैँडाको उद्धारमा खटिएका छन् । पछिल्लो अनुगमनमा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्यांक छ ।

उक्त गैंडामध्ये बर्दिया र शुक्लाफाँटामा एक दर्जनभन्दा बढी गैँडा स्थानान्तरण भइसकेका छन् । बाढीका कारण निकुञ्जमा केही चित्तल, एउटा गैँडालगायतका वन्यजन्तुसमेत मरेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्