प्रधान सेनापतिद्वारा भवनको निरीक्षण



हाम्रो इकोनोमि

काठमाडौँ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार काठमाडौँस्थित अमेरिकी दूतावासको सहयोगमा छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट हाताभित्र निर्माण भएको नवनिर्मित क्षेत्रीय संकट व्यवस्थापन केन्द्र भवन तथा विपद् व्यवस्थापन तालीमसम्बन्धी पूर्वाधार तथा उपकरणको निरीक्षण गर्नुभयो ।

उक्त भवनहरु २०७४ असार ५ गते नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयलाई हस्तान्तरण गरिएको थियो ।

भूकम्प प्रतिरोधात्मक प्रविधिबाट तयार गरिएको उक्त भवन ठूलो प्रकारको विपद्को बेलामा बहुराष्ट्रिय सैनिकको समेत संलग्नतामा हुने खोज, उद्धार तथा राहत वितरणसम्बन्धी कार्य छिटो र प्रभावकारी ढंगले कार्य गर्ने सैनिक समन्वय केन्द्रको प्रयोजनका लागि उपयोग गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आयोजना गरिने विपद् व्यवस्थापनसम्बन्धी तालीम, अभ्यास, गोष्ठी र सेमिनारका लागिसमेत प्रयोग गरिनेछ ।

सोही निरीक्षणका क्रममा प्रधान सेनापति क्षत्रीले महावीर रेञ्जर रेजिमेन्ट हाताभित्र तयार गरिएका गुल्मस्तरका दुईवटा नमूना जवान आवास भवनसमेत उद्घाटन गर्नुका साथै सो गणको अपरेशन, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारीसमेत लिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...