प्रधान सेनापतिद्वारा भवनको निरीक्षण



हाम्रो इकोनोमि

काठमाडौँ । प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले सोमबार काठमाडौँस्थित अमेरिकी दूतावासको सहयोगमा छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट हाताभित्र निर्माण भएको नवनिर्मित क्षेत्रीय संकट व्यवस्थापन केन्द्र भवन तथा विपद् व्यवस्थापन तालीमसम्बन्धी पूर्वाधार तथा उपकरणको निरीक्षण गर्नुभयो ।

उक्त भवनहरु २०७४ असार ५ गते नेपाली सेनाको विपद् व्यवस्थापन निर्देशनालयलाई हस्तान्तरण गरिएको थियो ।

भूकम्प प्रतिरोधात्मक प्रविधिबाट तयार गरिएको उक्त भवन ठूलो प्रकारको विपद्को बेलामा बहुराष्ट्रिय सैनिकको समेत संलग्नतामा हुने खोज, उद्धार तथा राहत वितरणसम्बन्धी कार्य छिटो र प्रभावकारी ढंगले कार्य गर्ने सैनिक समन्वय केन्द्रको प्रयोजनका लागि उपयोग गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा आयोजना गरिने विपद् व्यवस्थापनसम्बन्धी तालीम, अभ्यास, गोष्ठी र सेमिनारका लागिसमेत प्रयोग गरिनेछ ।

सोही निरीक्षणका क्रममा प्रधान सेनापति क्षत्रीले महावीर रेञ्जर रेजिमेन्ट हाताभित्र तयार गरिएका गुल्मस्तरका दुईवटा नमूना जवान आवास भवनसमेत उद्घाटन गर्नुका साथै सो गणको अपरेशन, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारीसमेत लिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
एमालेको अध्यक्षमा ओली र पोखरेलले दिए उम्मेदवारी

     नेकपा एमालेको आगामी अध्यक्षका लागि दुईजनाको उम्मेदवारी परेको छ । अध्यक्ष...

ओलीको प्यानलबाट पदाधिकारीमा को–को छन्?

  नेकपा एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदमा उम्मेदवार खडा गर्ने प्रक्रिया सुरु भएको...

ओली पक्षबाट उपमहासचिवमा लेखराज भट्टको दाबी

    नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् ।...

ओली पक्षबाट शंकर पोखरेल नै महासचिव उम्मेदवार, अन्य पदमा को-को उठ्दै ?

    नेकपा एमालेको ११औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढेका बेला अध्यक्ष...