नेपाल विकासशील मुलुकमा स्तरोन्नति हुने



हाम्रो इकोनोमि

काठमाडौँ । सन् २०२२ सम्ममा नेपाल अतिकम विकसित मुलुकको समूहबाट विकासशील मुलुकमा स्तरोन्नति हुने बताइएको छ ।

सोमबार यहाँ कम विकसित मुलुकहरुको नागरिक निगरानी मञ्च (एलडिसी) ले आयोजना गरेको राष्ट्रिय परामर्श गोष्ठीमा राष्ट्रिय योजना आयोगका सहसचिव लालशंकर घिमिरेले उक्त कुरा बताउनुभएको हो ।

सहसचिव घिमिरेका अनुसार आयोगले आफ्नो १२औँ आवधिक योजनामा निर्धारित सन् २०३० सम्मको लक्ष्यभन्दा अघि बढेर १३औँ आवधिक योजनामा सन् २०२२ सम्ममा मुलुकलाई अति कम विकसित मुलुकको समूहबाट स्तरोन्नति गर्ने लक्ष्य निर्धारण गरिसकेको छ ।

त्यसका लागि भ्रष्टाचारको न्यूनीकरण, सुशासन, राजनीतिक स्थिरता ल्याई अधिक विकास र सामाजिक विकासमा जोड दिनुपर्ने पनि घिमिरेको भनाइ छ ।

एलडिसीका अन्तर्राष्ट्रिय संयोजक गौरी प्रधानले २०१७ देखि २०२४ सम्ममा नेपाललगायत केही मुलुक विकासशील मुलुकका रुपमा जाने र त्यसका लागि आर्थिक र सामाजिक विकासले सकारात्मक फड्को मार्नुपर्ने धारणा राख्नुभयो ।

गोष्ठीमा १२ बुँदे नागरिक समाज संगठनको काठमाडौँ घोषणापत्र पनि पारित गरिएको छ ।

घोषणापत्रमा मुख्य गरी निकासी अभिवृद्धिका लागि नेपाल व्यापार एकीकरण रणनीति, २०१६ प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने, उत्पादन तथा पूर्वाधार विकासमा लगानीकर्ताका रुपमा उनीहरुको भूमिकालाई माथि उठाउनका लािग निजी क्षेत्र र विकास साझेदारीलाई जोडदार आह्वान गर्ने, वित्तीय खाडललाई पूर्ति गर्न प्रत्यक्ष वैदेशिक लगानीलाइ आकर्षित गर्न उपयुक्त वातावरण सिर्जना गर्नेजस्ता बुँदा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...