सम्पति सुद्धिकरणको मुद्दामा दीपक मनांगेले सफाई पाए



हाम्रो इकोनोमि

गैरकानुनी रुपमा अकुत सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले आज सफाई पाएका छन्।

उनलाई चार वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी सम्पति सुद्धिकरण विभागले मुद्दा दायर गरेको थियो।

विशेष अदालतका न्यायाधीश पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले आइतबार मनाङे र उनकी जेठी श्रीमती पासाङ डोमा शेर्पालाई सफाई दिएको रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए।

सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते मनाङ्गेलाई १४ करोड ७३ लाख ३१ हजार अवैध सम्पत्ति राखेको अभियोग लगाएर मुद्दा दायर गरेको थियो। विशेष अदालतले २ करोड ९० लाख धरौटी बुझाउन नसके पछि २०७० साल भदौमा थुनामा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...