सम्पति सुद्धिकरणको मुद्दामा दीपक मनांगेले सफाई पाए



हाम्रो इकोनोमि

गैरकानुनी रुपमा अकुत सम्पति आर्जन गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरिएका राजीव गुरुङ उर्फ दीपक मनाङ्गेले आज सफाई पाएका छन्।

उनलाई चार वर्षअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी सम्पति सुद्धिकरण विभागले मुद्दा दायर गरेको थियो।

विशेष अदालतका न्यायाधीश पवनकुमार शर्मा, बाबुराम रेग्मी र प्रभा बस्नेतको इजलासले आइतबार मनाङे र उनकी जेठी श्रीमती पासाङ डोमा शेर्पालाई सफाई दिएको रजिस्ट्रार भीमकुमार श्रेष्ठले जानकारी दिए।

सम्पत्ति शुद्धिकरण विभागले २०७० जेठ ५ गते मनाङ्गेलाई १४ करोड ७३ लाख ३१ हजार अवैध सम्पत्ति राखेको अभियोग लगाएर मुद्दा दायर गरेको थियो। विशेष अदालतले २ करोड ९० लाख धरौटी बुझाउन नसके पछि २०७० साल भदौमा थुनामा पठाएको थियो।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...