तेस्रो चरणको निर्वाचनमा राजपा आउने विश्वास



हाम्रो इकोनोमि

धनुषा । प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले तेस्रो चरणको निर्वाचनमा मधेश केन्द्रित दलसँग रहेका छ चुनाव चिन्हमध्ये कुनै एक लिई राष्ट्रिय जनता पार्टी नेपाल २ नं प्रदेशमा हुन लागेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

जनकपुरमा आज जिल्ला निर्वाचन कार्यालय धनुषाले गरेको पत्रकार सम्मेलनमा डा यादवले राजनीतिक सहमतिअनुसार आगामी असोज २ गते तेस्रो चरणको स्थानीय निर्वाचनमा राजपा सहभागी हुने जिकिर गर्नुभयो । आगामी मंसिर ४ गते हिमाली र उच्च पहाडी ३१ जिल्लामा निर्वाचन गराउन सरकारसँग छलफल भइरहेको जानकारी पनि उहाँले दिनुभयो ।

उहाँले २ नं प्रदेशमा १३६ निर्वाचन अधिकृतसहित अधिकृत, मुख्य निर्वाचन अधिकृत खटाइएको जानकारी गराउँदै सो प्रदेशमा आएको बाढीका कारण तराई– मधेशका जिल्लाको बाटोघाटो अवस्था बिग्रेकाले बाटोको सहज पहुँच दिलाउन सरकारलाई आग्रह गरिसकिएको जानकारी दिनुभयो ।

डा यादवले भन्नुभयो, “ निर्वाचनमा भनसुन तथा लेनदेनको आधारमा हँुदै आएको कर्मचारी नियुक्ति, बालबालिकाको प्रयोगलगायतका विषयमा तेस्रो चरणको निर्वाचनम सूक्ष्म अनुगमन कमिटीले अनुसन्धान र कारबाही गर्नेछ ।”

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...