६ महिना पछी देखी नेपालमै गुड्ने भयो रेल



हाम्रो इकोनोमि

जनकपुरसहित समग्र तराई मधेसको आर्थिक विकासको मेरुदण्ड मानिएको नेपालको एकमात्रै रेलसेवा आगामी फागुनदेखि संचालनमा आउने भएको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।
भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको विजलापुरासम्म रेलमार्ग पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।

रेलमार्ग पुननिर्माण गरिरहेको भारतीय पक्षले फागुनसम्ममा रेलसेवा संचालन गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपालको एकमात्र जनकपुर–जयनगर रेलमार्ग पाँचबर्षदेखि पूर्ण रुपमा बन्द थियो ।
जयनगरदेखि विजुलापुरसम्मको ५१ किलोमिटर रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको रेल विभाग साइट कार्यालय जनकपुरले जनाएको छ ।

सिमरासम्म रेल पुग्दै
जयनगरदेखि विजलपुरासम्मको रेलमार्ग निर्माण अन्तिम चरणमा रहेपनि विजलपुरदेखि बर्दिबाससम्म १७ किलोमिटर रेलमार्गका लागि जग्गा अधिग्रहण जारी छ ।
एन्जिनियर विनोद ओझाका अनुसार केही जग्गा अधिग्रहरण भइसकेको र केही प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...