देश रोएको हेर्न गाह्रो भो



हाम्रो इकोनोमि

देश अहिले रोईरहेको छ । यसै बेला हिन्दू महिलाहरुको महान चाड हरितालिका तिज पनि नजिकै आईरहेको छ । यसै सन्दर्भलाई गीतसँग जोडेर विभिन्न सर्जकहरुले तिज गीत बजारमा ल्याईरहेका छन् । देशको मुख्य समस्यालाई आफ्ना सिर्जना मार्फत देशको अवस्थालाई चित्रण गर्न खोजएको छ । नानु सुवेदीले आफूलाई देशको अवस्थाले मनमा छोएकोले मनलाई हलुका पार्नका साथै यसैलाई विषयवस्तु बनाएर गीत लेख्नुभएको छ । हेर्नुहोस उहाँको सिर्जना ।

तराई डुव्यो बाढीले पहाड लग्यो पैरोले
हेलिकप्टर चार्टर गरे हाम्रो पैसोले
चार्टर गर्ने पैसासबै ती जनतालाई पठाइदेऊ
कोसी गण्डक लक्ष्मणपुर बाँध भत्काइदेऊ
कोहिका सिन्दुर पुछिए कोहिभए टुहुरा
वृद्ध अनि अपाङ्गका छैनन् साहारा
कोहि भए घरबार बिहिन कोहिको काख रित्तियो
कोसी गण्डक लक्ष्मणपुरले तराई डुबायो
हिम्मत गरे जनताले सुस्ता बाँध भत्काए
केही मात्रामा भएपनि नेपाल जोगाए
धुर्मुस गए ने . वि . सं . गयो सरकारपनि गयो रे
माहामारिले फेरि तराई छोप्न थाल्यो रे
खाद्य्यान्न पठाउ औषधि पठाउ राम्रो डाक्टर खटाउ
नेपालीलाई दुख दिने बाध हटाउ
बाध हाम्रो नेपालमा रह्यो चावि भारतमा
हिम्मत गर सरकार जनता साथमा
संशोधन प्रस्ताव राख सम्झौतालाई च्यातेर
राष्ट्र घाति काम नगर जनता ढाँटेर
पिरपरेछ मनमा थोरै अक्षर कोरेको
हेर्न सारै गार्‍हो भो देश रोएको

 

प्रतिक्रिया दिनुहोस
मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

भूमि नछाडे युद्ध नरोक्ने पुटिनको चेतावनी

    युक्रेनका शीर्ष वार्ताकारले राष्ट्रपति भोलोदिमिर जेलेन्स्की सत्तामा रहुन्जेल शान्ति सम्झौताको भागको...

श्रीलंकामा बाढी र पहिरोमा परी कम्तीमा ५६ जनाको मृत्यु

    श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो...

हङकङको एक हाउजिङमा आगलागी हुँदा ४४ जनाको मृत्यु

    हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४...