अख्तियार किन्न रौनियारको यस्तो दाउ,वीपीको केश मिलाउन को-को सक्रिय?



हाम्रो इकोनोमि

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले खरिद गर्न लागेको एमआरआई १.५ टेस्ला खरिद प्रक्रियामा व्यापक भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहँदा प्रतिष्ठानका उपकूलपति भने अख्तियारलाई नै सेटिङ गर्न काठमाडौँ आइपुगेका छन् ।

उनी बिहीबार राजधानी आएर लाजिम्पाट स्थित होटेल मनासलुमा बसेर अख्तियारका आयुक्त नविनकुमार घिमिरे मार्फत घटना मिलाउन लागि परेका हुन् । अख्तियार स्रोतका अनुसार उपकूलपति डा. राजकुमार रौनियारले नेकपा एमाले धरानका शङ्कर घिमिरे मार्फत सेटिङ गरेर अख्तियारका घिमिरेलाई प्रभावमा पार्न खोजेका हुन् । उनले शङ्कर घिमिरेलाई प्रतिष्ठानमै बोलाएर ‘अख्तियारसँग कुरा मिलाई दिनुस्’ भनेका हुन् ।

यो विषयमा नेपाल लोकतान्त्रिक यातायात व्यवसायी राष्ट्रिय मञ्च तथा नेकपा एमाले धरानका नेता शङ्कर घिमिरेले भने आफूले कुनै पनि सेटिङ नगरेको बताए । उनले प्रतिष्ठानका पदाधिकारीले आफ्नो नाम लिएर अख्तियारमा सेटिङ गर्न खोजेको हो भने गलत गरेको प्रतिक्रिया दिए । उनले अख्तियारका आयुक्त नवीन कुमार घिमिरेसँग आफ्नो दाजुभाइको नाता भए पनि नविनकुमार घिमिरे कसैको कुरा सुन्ने मान्छे नभएको जिकिर गरे । ‘तपाईँलाई यस्तो कुरा कसले भन्यो थाहा छैन, म धरानमै छु । मैले प्रतिष्ठान डुवाउने खेलमा वीपीका पदाधिकारी नै दोषी छन् भनेको छु । नवीन र मेरो सम्बन्ध दाजुभाइको सम्बन्ध बाहेक केही छैन । र, उ कसैले भनेको भरमा आफ्नो पदिय दायित्वबाट विमुख हुने मान्छे पनि हैन ।’ उनले फोन सम्पर्कमा भने । यता प्रतिष्ठान स्रोत भने डा. रौनियारले मुद्दा तामेलिमा राख्न तथा अनुसन्धान नगर्न आयुक्त घिमिरेलाई आग्रह गरेको दाबी गर्दछ ।

डा. रौनियार बिहीबार आफ्नो निजी गाडी मार्फत राजधानी आएका हुन् । उनले अरुबेला प्रतिष्ठानकै गाडी प्रयोग गरे पनि यस पटक सूचना बाहिररिने डरले आफ्ना दाइ गौरीशंकर रौनियारसँग राजधानी आएका हुन् । एमआरआई खरिदका विषयमा डा. रौनियारसँग कुरा गर्न फोन गर्दा उनले फोन उठाएनन् ।

एमआरआईको पुरै एलसी खोलियो

प्रतिष्ठानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिनमा लिएको एमआरआई १.५ टेस्लाको शत्प्रतिशत एलसी खोलेको छ । गत असार मसान्तको अन्तिम दिन धरान स्थित सनराईज बैङ्कलाई प्रभावमा पारी गलत मनसायबाट खोलिएको एलसीमा पुरै पैसा रोक्का गरिएको छ । असार मसान्त त्यो पनि शनिवार खोलिएको एलसी शतप्रतिशत गरिनुमा पदाधिकारीहरुको गलत मनसाय देखिएको छ ।

अख्तियार मिलाउन पण्डित र पन्थीको सक्रियता

वीपी प्रतिष्ठानको मुद्दा मिलाउनका लागि केज कन्सल्टेन्सीका मालिक विष्णु पन्थी र हस्पिटेक इन्टरप्राइजेजका मालिक विशाल पण्डित खुलेर लागेका छन् । यी दुईले एम आरआई खरिद काण्ड र प्रतिष्ठानका विषयमा परेका अन्य मुद्दा मिलाउन अख्तियारका सहसचिव र उपसचिवलाई प्रभावमा पारेको स्रोतको दाबी छ । स्रोतका अनुसार पन्थी र पण्डितले उपकूलपति डा. रौनियारको निर्देशनमा सेटिङ मिलाएका हुन् । स्मरण रहोस् वीपी प्रतिष्ठानमा निर्माणाधिन एमसिएच र कार्डियोलोजी सेन्टर निर्माणमा केज कन्सल्टेन्सी र एमआरआई लगायत अन्य उपकरण खरिदमा हस्पिटेक इन्टरप्राइजजेजको हालि मुहाली छ । प्रतिष्ठानले यस पटक खरिद गर्न लागेको एमआरआई विगतमा १२ करोडमा प्रतिष्ठानले नै खरिद गर्न लाग्दा त्तकालिन रेडियोलोजी विभाग प्रमुख डा. रौनियारले नै रद्द गर्न लगाएका थिए भने, अहिले उपकुलपति भएपछि त्यही मेसिन करिब १८ करोडमा खरिद गर्न उनले स्वीकृति दिएका छन् ।

एमआरआई खरिद प्रक्रियामा गलत भएको भन्दै प्रतिष्ठानका कार्यकारिणी समिति सदस्यद्वय रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र शिक्षाध्यक्ष डा. विक्रमप्रसाद श्रेष्ठले निर्णयमा ‘नोट अफ डिसेन्ट’ नै लेखेर असहमति जनाएका थिए ।

वीपी प्रतिष्ठानको उपकूलपति हुनका लागि डा. रौनियारले ततकालिन स्वास्थ्यमन्त्री गगन थापा र नेपाली कांग्रैसका नेता कृष्णप्रसाद सिटौला, तत्कालीन माओवादी प्रधानमन्त्री प्रचण्डसम्मलाई १४ करोडभन्दा बढी रकम खर्च गरेका थिए । अहिले सोही पैसा असुल्न ब्यापारीहरुबाट चर्को कमिसन खान थालेको समाचार मकालु खबरमा खगेन्द्र अधिकारीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

ओली कुटीको राधिका शाक्यले गरिन् शिलान्यास

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घर निर्माणको काम थालिएको छ...