मनसुनी न्यूनचापीय प्रणालीले बदली र वर्षा



हाम्रो इकोनोमि

काठमाडौँ । मनसुनी न्यूनचापीय क्षेत्रको प्रभावले आज देशभर बदली भएसँगै केही स्थानमा वर्षा भएको छ । उक्त प्रणालीका कारण देशको मध्य भेगमा वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनी न्यूनचापीय रेखा नेपालबाट विस्तारै सर्दै गरेको र मध्य भेगमा न्यूनचापीय क्षेत्रको विकासले काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा वर्षा गराएको मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो ।

उहाँकाअनुसार भारतको उडिसा राज्य र उत्तर–पश्चिम बंगालको खाडी नजिक बनेको न्यूनचापीय क्षेत्रको कारण पनि नेपालको मौसममा प्रभाव पारेको छ ।

अहिले देशभर बदली र मध्य भेगमा वर्षा रहेको र यो क्रम भोलि आइतबार पनि जारी रहने मौसमविद् पौडेलको भनाइ छ । साँझपख देशका अन्य स्थानमा पनि सामान्य वर्षा हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार सबै भन्दा बढी ताप्लेजुङमा ४० र सबैभन्दा कम काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ ।

विराटनगरमा १३, पोखरामा २१, जुम्लामा ११, वीरेन्द्रनगरमा १० र दिपायलमा १२ मिलिमिटर वर्षा भएको छ । आज काठमाडौँको अधिकतम ३१ र न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...