राष्ट्रपति भण्डारीसँग शीर्ष नेताको छलफल



काठमाडौँ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले तराई÷मधेशका डुबान, पहिरो, व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो लिई यी विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको छ ।

उहाँले डुबान तथा पहिरो क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलिन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालनमा ल्याउन सत्ता साझेदार प्रमुख दुई दल तथा प्रमुख प्रतिपक्षीदलका शीर्ष नेतालाई सामूहिक रुपमा आग्रह गर्नुभएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज सत्ता साझेदार प्रमुख दुई दल नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र० तथा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०का शीर्ष नेतासँगको छलफलमा राष्ट्रपति भण्डारीले सो आग्रह गर्नुभएको हो ।
शीर्ष नेतासँगको बैठकमा उहाँले भन्नुभयो “वर्षेनी उत्पन्न हुने बाढीपहिरोजस्ता प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु प¥यो ।” भेटपछि सञ्चारकर्मीलाई काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भन्नुभयो ।
वरिष्ठ नेता पौडेलले राष्ट्रपति भण्डारीले तराई÷मधेशका डुबान, पहिरो, संविधान संशोधन तथा परराष्ट्र नीतिका विषयमा चासो व्यक्त गर्दै यस विषयमा प्रमुख तीनदलका शीर्ष नेतालाई ध्यानाकर्षण गराउनुभएको जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले तराई÷मधेशका डुबान, पहिरो पीडितको खोज, उद्धार तथा राहत वितरणमा सरकारले उच्च प्राथमिकता दिँदै संकटलाई समाधान गर्न सरकार लागिरहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराउनुभएको थियो ।
साथै शीर्ष नेताले तराई÷मधेशका डुबान, पहिरोपीडितको खोज, उद्धार तथा राहत वितरण कार्यमा राजनीतिक दल एक भई जुटिरहेको, आसन्न २ नम्बर प्रदेशको निर्वाचनमा लागिरहेको र निर्वाचनमा सबै पार्टीको सहभागिताका लागि वार्ता र संवाद कार्यसमेत जारी रहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराउनुभएको थियो ।
छलफलमा नेकाका सभापति एवं प्रधानमन्त्री देउवा, वरिष्ठ नेता पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ तथा नेकपा–एमाले०का अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतमको सहभागिता रहेको थियो ।
राष्ट्रपति भण्डारीले सरकार परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने अवस्थाले राष्ट्रहित नहुने भन्दै साझा परराष्ट्र नीति ल्याउन शीर्ष नेतालाई आग्रह गर्नुभएको छलफलपछि नेता श्रेष्ठले बताउनुभयो ।
उहाँले राष्ट्रपति भण्डारीले नेपालका दक्षिणी भूभाग वर्षेनी डुबानमा पर्ने हुँदा मैत्रीपूर्ण कूटनीतिका माध्यमबाट समाधान खोज्न, प्राकृतिक विपद्सँग जुध्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनासमेत ल्याउन आग्रह गर्नुभएको जानकारी दिनुभयो ।
तराई÷मधेशका डुबानका कारण हालसम्म १३५ जनाको अकालमा मृत्यु भइसकेको छ, हजारौँ घर डुबान, ती क्षेत्रका ८० प्रतिशत भूभाग जलमग्न भएका छन् । सरकारले बाढीपहिरोको खोज, उद्धार तथा राहत वितरण कार्यलाई उच्च प्राथमिकता दिँदै तत्काल बाढीका कारण मृत्यु भएका परिवारलाई प्रतिपरिवार रु दुईलाख, विपन्न परिवारलाई रु १५ हजार तथा दैनिक खानाका लागि रु ७० वितरण कार्य दु्रतरुपमा जारी राखेको जनाएको छ ।
प्रधानमन्त्री देउवाले हालै बाढीपहिरो पीडितको क्षेत्रको स्थलगत रुपमा भ्रमण तथा अवलोकन गरी खोज, उद्धार तथा राहत वितरणमा उच्च प्राथमिकता दिन निर्देशन दिनुभएको थियो ।
राष्ट्रपति भण्डारीले संविधान संशोधनका विषयमा सहमति जुटाउन पनि आग्रह गर्नुभएको भेटपछि नेकपा ९एमाले०का उपाध्यक्ष गौतमले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।
उहाँले संविधान संशोधनका विषयमा सहमति जुटाउन आफ्नो पार्टीसँग सत्तारुढ दलका नेताले वार्ता संवाद गरेको छैन भन्नुभयो ।
राष्ट्रपति भण्डारी र तीन दलका शीर्ष नेताका बीचमा दुई घण्टा छलफल भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस
ब्यूँतियो समाजवादी मोर्चा, आलोकनगरमा बैठक जारी

    समाजवादी मोर्चाको बैठक सुरू भएको छ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय

कांग्रेसका मन्त्रीहरू देउवा निवास बूढानीलकण्ठमा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका मन्त्रीहरूलाई आफ्नो निवास बूढानीलकण्ठ बोलाएका

विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो