हाम्रो इकोनोमीका प्रधानसम्पादक सिलवालद्वारा लेखा संयोजकमा उम्मेद्वारी, मतदान गर्न पत्रकारलाई अपिल



हाम्रो इकोनोमि

नेपाल पत्रकार महासंघको २५ औ महाधिबेशनका लागी क्रियाशील पत्रकार रामहरी सिलवालले केन्द्रिय लेखा संयोजकमा उम्मेद्वारी दिएका छन। बिगत २० बर्ष यता बाट अविछिन्न रुपमा पत्रकारितामा सक्रिय सिलवाल निष्ठावान पत्रकारका रुपमा परिचित छन्। मेट्रो पोष्ट दैनिकको सम्पादक,डेमोक्रेसी साप्ताहिकको हुदै पत्रकारिताको उन्नयनमा लागेका सिलवाल साना लगानीका पत्रिका र पत्रकारको पीडा संग राम्ररी रुम्मलिएका पनि छन्। राज्यले उपलब्ध गराउने लोककल्याणकारी बिज्ञापनको रकम बढाउन बिशेष भूमिका खेलेका सिलवाल मोफशलका पत्रकारका लागी समेत उत्तिकै बोल्दै र काम गर्दै आएका पनि छन्।

२४ औ महाधिबेशनमा उपत्यका बाट केन्द्रिय सदस्यमा चुनाब जितेका उनले पत्रकारका लागी गरेको कामले उनको उच्च मुल्यांकन गरि सकेको छ। ब्यपस्थापकीय क्षमतामा अब्बल ठहरिएका सिलवाल पछिला दिनमा हाम्रो इकोनोमी डट कमको प्रधानसम्पादकको भूमिकाका छन्। त्यस्तै उनको सम्पादनमा कलेज रिडर र बिजनेश वर्ल्ड मासिक निरन्तर प्रकाशनमा छन्। पत्रकारिताका अतिरिक्त ब्यबस्थापन बिषयमा अध्ययन गरेका सिलवाल शैक्षिक अभियन्ताका रुपमा पनि परिचित छन। बिषय र दक्षताका हिसाबले अनि ब्यबसायिक र मर्यादित पत्रकारिताका पक्षपाती सिलवाल राजधानी केन्द्रित पत्रकारिता र मोफशलको पत्रकारिता लाइ नजिक बाट चिन्ने मध्येका एक पनि हुन्। प्राज्ञिक क्षेत्र संग पनि जोडिएका उनको उम्मेदवारीले पत्रकार महासंघको गरिमालाइ अझ उचो बढाएको विश्लेषण आम पत्रकारले गर्न थालेका छन्। र सिलवालले पनि आफुलाई मतदान गरि बिजय गराउन अपिल गर्दै महासंघको लेखा प्रणालीलाइ जिते पछी चुस्त र दुरुस्त पार्दै पत्रकारलाई अझ सहुलियत सहितका बिशेष प्याकेज ल्याउने घोषणा समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस
रास्वपाको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...