कमल थापालाई अपहरणको मुद्धा,सर्बोच्चमा पुगेर राणाले थापा बिरुद्द के-के गरे



हाम्रो इकोनोमि

कमल थापालाइ देखाई दिन राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक गठन गरेका पशुपति शम्शेर राणाले कमल थापाविरुद्ध सर्वोच्चमा आज मुद्दा दायर गरेका छन् । राणाले आफ्नो पार्टीका केन्द्रीय सदस्यहरुलाई कमल थापाले अपहरण गरेर बन्धक बनाएको भन्दै सर्वोच्च अदालतमा केहि बेर अगाडी मुद्दा दर्ता गरेका हुन् ।

मुद्दा दर्ता गर्न राणा नेताहरु दीपक बोहोरा, विक्रम पाण्डे, धु्वबहादुर प्रधान लगायतलाइ लिएर सर्बोच्च पुगेका थिए । रिटमा राप्रपा प्रजातान्त्रिकले निर्वाचन आयोगबाट मान्यता पाउन लागेको अवस्थामा राप्रपाका कमल थापाले आफ्ना नेता कार्यकर्तालाई अपहरण गरेको, धाकधम्की देखाएको तथा बन्धक बनाएकाले शान्ति सुरक्षाको माग समेत गरिएको छ । त्यस्तै रिटमा थापाले अपहरण गरेर हेटौडामा राखेका आफ्ना पार्टीका केन्द्रीय सदस्यहरुको रिहाइको माग समेत गरिएको छ ।

‘कुनैपनि व्यक्तिको राजनीति गर्ने अधिकारको हनन भएको छ’ राणाले दायर गरेको रिटको भनिएको आइतबार पेशी तोकिएको छ । त्यस्तै राप्रापा प्रजातान्त्रिकले यसअघि दल दर्ताका क्रमममा निर्वाचन आयोगमा दस्तखत गरिसकेका केन्द्रीय सदस्यहरुले पुनः दस्तखत गर्नुपर्ने भन्ने आयोगको निर्णय खारेज गर्न माग गरिएको नेता दिपक बोहोराले टेलिफोनमा बताए ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...