बाढीप्रभावितलाई राहत वितरण, महामारी फैलने सम्भावना



गौशाला  ।  बाढीबाट अतिप्रभावित महोत्तरी जिल्लाका बाढीपीडितलाई राहत वितरण गरिएको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समिति, महोत्तरीका अनुसार बलवा गाउँपालिका–४ बदियाबन्चौरीका १४५ घर परिवार, पिपरा गाउँपालिका २, ३ र ४ का २५८ घर परिवार, मटिहानी गाउँपालिकाका २०० घर परिवार, जलेश्वर कारागारका ३८२ कैदी र जलेश्वर नगरपालिका–१० का १२५ घर परिवारलाई राहत वितरण गरिएको छ ।

उनीहरुलाई चिउरा, भुजा, चाउचाउ, दालमोठ, भुजिया, त्रिपाल र मेट्रेसलगायतका सामग्री विहीबार वितरण गरिएको जिल्ला दैवी प्रकोप उद्धार समितिका प्रमुख एवं जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताउनुभयो ।

बाढीपीडितलाई नेपाल रेडक्रश सोसाइटी, एक्शन वर्क नेपाल, सेभ द चिल्ड्रेन, नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र)लगायतका पार्टीले जिल्ला प्रशासन कार्यालय महोत्तरीको समन्वयमा राहत सामग्री वितरण गरेको प्रजिअ श्रेष्ठले बताउनुभयो ।

यसैबीच, जिल्ला दैवी प्रकोप उद्धार समितिको जलेश्वरमा बसेको बैठकले राहतका लागि आएका खाद्यान्न सामग्री लोहारपट्टी, कोल्हुवाबगेया, गौशाला, सोनमा, सम्सी, भंगहा, पिपरा, बलवा, मटिहानीमा तत्काल वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, बैठकले राहत सामग्री दाताले आफूखुशी वितरण नगरी जिल्ला दैवी प्रकोप उद्धार समितिसँग समन्वय गरी वितरण गर्ने निर्णय गरेको छ । जिल्लाको जंघा, रातु, अंकुशी, मरहा, विग्हीलगायतका नदीमा आएको बाढीबाट ४० हजार घरपरिवार प्रभावित भएका छन् भने आठ हजार घर परिवार विस्थापित भएका छन् ।

त्यसैगरी, पाँचजनाको मृत्यु र एकजना बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

महामारी फैलने सम्भावना

यसैबीच, बाढीले बगाएर मरेका एकहजार भन्दा बढी कुखुरा खुल्ला आकाशमुनि नै यत्रतत्र छरिएर रहेका कारण महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–७ बजराहीमा महामारी फैलने सम्भावना बढेको छ ।

जलेश्वर–७ स्थित बजराही कुट्टी नजिकै स्थानीय शैलेन्द्र साहले सञ्चालन गर्दै आएको कुखुरा फार्मका एकहजारभन्दा बढी कुखुरा बाढीको पानीमा मरेर सोही ठाउँमा छरिएको अवस्थामा सिंगो बजराही गाउँ नै दुर्गन्धित भएको तथा महामारी फैलने सम्भावना रहेको स्थानीयले बताएका छन् ।

बाढीको पानी कम हुँदै गएपछि ती कुखुरा झन्झन् सड्दै गइरहेको र अत्यधिक दुर्गन्ध आउने गरेकाले त्यसबाट विभिन्न किसिमका रोगको संक्रमण बढ्न सक्ने स्थानीय बताउँछन् ।

स्थानीयले कुखुरा फार्मको दुर्गन्धबाट फैलन सक्ने महामारीबाट सिंगो गाउँलाई जोगाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
नेकपा एसका ५ सांसदसहित १३४ केन्द्रीय सदस्य पार्टी फुटाउने पक्षमा

    अध्यादेशबाट बनेको नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरू राजनीतिक दल विभाजन सहज

नेकपा एस एकढिक्का छ : माधव नेपाल

    नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अरुमा विलीन हुन लागेको

पार्टीको परीक्षण निर्वाचनले गर्छ, सामाजिक सञ्जालले होइन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले अन्य पार्टीका नेता-कार्यकर्तालाई एमालेको चिन्ता नलिन

हेटौँडा-कुलेखानी-सिस्नेरी-काठमाडौँ सडक खुल्यो

    हेटौँडा–काठमाडौँलाई जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–सिस्नेरी–काठमाडौँ सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको छ ।