एमाले नेता भन्छन-सत्तापक्षले बाढि पीडित राहतको नाममा कमाउने माध्यम बनायो



हाम्रो इकोनोमि

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले बाढी पहिरो पीडितको राहतको नाममा सत्ता पक्षले कमाउने माध्यम बनाएको आरोप लगाए ।
आज आयोजित साक्षात्कारमा महासेठले भने,‘राहत वितरण प्रणाली नै ठिक छैन, म आँफै पनि पर्सा, सर्लाही, महोत्तरी पुगेर आएको छु, हाम्रो पार्टीले पनि राहत र उद्धारमा विशेष योगदान पुर्याईरहेको छ, तर सत्तापक्षबाट आफ्ना कार्यकर्ता पोस्ने काम भएको छ, बास्तविक पीडितहरुले राहत पाएका छैनन्।’

साक्षात्कारमा बोल्दै नेता महासेठले राहतको नाममा बाँडिएका राशनहरु कार्यकर्ताहरुको घरमा पुगेको भन्दै बाँड्नेहरु खुशी भएपनि पीडितहरु दुःखी भएको गुनासो पोखे । उनले भने,‘एक चिलो चिउरा र एक टुक्रा सख्खरले के हुन्छ, एउटा सिँगो परिवारले के खान्छन् र कत्ति दिन पुग्छ, तपाई आँफै अनुमान गर्नुहोस् त।’उनले पीडितहरुको लागि सरकार गम्भिर हुनुपर्ने समेत बताए । उनलेपनि भुकुम्प पीडितलाई जस्तै बाढि पीडितहरुको लागि पनि राहत र विशेष प्याकेज घोषणा गर्नुपर्नेमा जोड दिए । उनले थपे,‘राहत वितरणमा एकद्धार प्रणाली गर्दा जनता मर्ने भए, यस्तो तरिकाले हुँदैन्।’

फरक प्रसँगमा उनले संसदमा प्रस्तुत गरिएको संशोधन प्रस्ताव निर्णयार्थ पेश भएपनि पारित नहुने ठोकुवा गरे । उनले भने,‘स्वयम कांग्रेस र माओवादी केन्द्रका राष्ट्रवादी सांसदहरु यो प्रस्तावको पक्षमा छैनन्, यदि भोट हालेपनि मन रोएर मत हाल्नुहुन्छ।’
महासेठले उक्त प्रस्ताव देश र जनताको हितमा नभएको समेत दाबी गरे । उनले भने,‘यही प्रस्ताव बैशाखमा किन पेश गरिएन त रु किनकी कांग्रेसको नियत नै ठिक छैन, अहिले उहाँहरुले अन्र्तराष्ट्रिय दबाबका कारण निर्णयार्थ पेश गर्न खोज्नुभएको हो, यो त खास के भने मरत तो क्या नही कर्ता भनेजस्तै हो, उहाँहरुले आफ्नो विवेकले गर्नुभएको होईन्।’

उनले संशोधन प्रस्ताव यदि अघि बढाउने नै हो भने अहिलेको प्रस्तावलाई स्थगित् गर्नुपर्ने र प्रतिनिधि सभाको निर्वाचनपछिमात्रै छलफल गर्न सकिने स्पष्ट पारे ।
त्यस्तै उनले क्लष्टर थप्ने नाममा चुनाव सार्ने काम गर्न नहुने समेत बताए । उनले थपे,‘तह थप्ने बहानामा चुनाव सार्ने काम भयो भने २ नम्बर प्रदेशका जनताले कुनैपनि हालतमा माफ गर्नेछैनन्।’ उनले तराई–मधेशमा चुनाव जित्ने षडय्न्त्र बुनिँदै गरेको समेत आरोप लगाए ।

महासेठले थपे,‘चुनाव जसरी पनि जित्नैपर्ने उद्देश्य राखेर जनकपुरमा काठमाडौंको बालाजु र कोटेश्वरलाई मिलाएर एउटा वडा बनाउन काम भएको छ, यो कत्तिको जायज हो, कसरी हुन्छ चुनाव जित्ने दाउ मात्रै हो, तर मधेशी जनताले यी सबै कुरा राम्रोसँग बुझेका छन् ।’

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...