भारतको इच्छा तुहियो,पहिलो पटक नेपालले यसरी नाप्दैछ सगरमाथाको उचाई



हाम्रो इकोनोमि

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई पहिलोपटक नेपाल आफैंले नाप्ने तयारीमा जुटेको छ । ०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाई पहिले भन्दा बढेको हुनसक्ने बैज्ञानिकहरुको दाबीपछि सगरमाथाको उचाई नाप्नुपर्ने बताईरहँदा यसपटक भने आफ्नै लगानी र कर्मचारी प्रयोग गरेर सगरमाथाको उचाई नाप्ने तयारीमा नापी विभाग जुटेको हो ।

नापी विभागका महानिर्देशक गणेशप्रसाद भट्टका अनुसार नेपालले पहिलो पटक सगरमाथाको उचाई नाप्ने प्रयास गरिरहेको छ । विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयुक्तरुपमा पुनः नाप्नका लागि भारतले पटकपटक आग्रह गरेको नापी विभाग स्रोतले जानकारी दियो । तरपनि नेपालले यस पटक आफैं उचाई नाप्न लागेको हो । भारतको इन्डो नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरिएको यस अघि नै भारतका विज्ञानमन्त्री हर्ष बर्दनले भारतीय सञ्चारमाध्यमलाई बताएका थिए ।

महानिर्देशक भट्टका अनुसार यो वर्ष नेपाल आफैंले नाप्ने भनी दुई करोड सुरुमा बजेट नै विनियोजन भईसकेको र उचाई नाप्नको लागि आवश्यक सबै प्रक्रियाहरुको तयारी भईरहेको बताएका छन् । उनका अनुसार कात्तिकको अन्तिम तथा मंसिरको सुरुदेखि काम सञ्चालन गर्ने तयारी भईरहेको छ । विभागले अप्रिलसम्ममा सबै काम पूरा गर्ने तयारी गरिरहेको छ । पहिले उचाई नापेको ठाउँ कहाँ हो र त्यो ठाउँ अहिले भेटिन्छ कि भेटिँदैन भन्ने अहिले यकीन नभएकोले अब कुन् कुन् ठाउँबाट नाप्न सकिन्छ भनेर आफूहरुले ठाउँ हेरिरहेको उनले बताए ।

उनले यसको लागि कूल ५० जना कर्मचारी सबै प्रक्रियाको लागि आवश्यक पर्छ भने कूल १५ करोड जति बजेट लाग्ने अवस्था रहेको बताए । अहिले सबै आवश्यक सामानहरुको बन्दोबस्त हुन लागिसकेको भन्दै अप्रिलमा हुने एभरेस्ट समिट पूरा हुनुभन्दा पहिले नै सो काम सक्ने प्रयास विभागको रहेको उनले बताए । उचार्इ मापन गर्ने बेलामा सबै देशका एक एकजना बैज्ञानिकहरुको प्रतिनिधि भने बोलार्इने उनले स्पष्ट बताए ।

सन् १८५५ मा सर्वे अफ इण्डियाले सगरमाथाले उचाई नापेको थियो । सर्वे अफ इन्डिया भारतको सरकारी नापी विभाग हो । अहिले पनि भारतले आफैँले उचाई नाप्न प्रयास गरेको भएपनि नेपालले यसपाली आफैंले उचाई नाप्न लागेको हो । भट्टले उदयपुरको बाँसघारीदेखि उचाइ मापन गरिने जनाएका छन् । एक सय ६२ बर्ष अघि मापन भएको सगरमाथाको उचाइ हालसम्म ८,८४८ मिटर अर्थात् २९ हजार २८ फिट मानिदै आएको तथ्याङ्क हम्राकुराले उल्लेख गरेको छ ।

बैज्ञानिकको अध्ययन पुष्टि गर्ने जिम्मेवारी
भट्टले यो उचाई मापन सगरमाथाको उचाई मापन मात्रै नभएर बैज्ञानिकहरुको दाबीको परीक्षण गर्ने जिम्मेवारी रहेको बताए । अहिले विनाशकारी भूकम्पपछि इन्डियन प्लेट केही माथि भएकोले अहिले हिमालको उचाई पनि केही बढी हुने बैज्ञानिकहरुको दाबी छ । उनीहरुले इन्डियन प्लेटको कारण सगरमाथाको उचाई पनि बढेको बताएका छन् । यस अघिदेखि नै बैज्ञानिकहरुको यो दाबी अहिले उचाई नापेपछि सही हो या गलत के हो भन्ने स्पष्ट हुने बताए । त्यसैले पनि यो उचाई मापनको महत्व बढी रहको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...