संशोधन गर्न एमालेलाई मनायौ : मन्त्री बलायर



हाम्रो इकोनोमि

हेटौडा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तत्काल मधेशको मुद्दालाई निकास दिन संविधान संशोधन गर्नेतर्फ प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लाई सहमत गराएको बताउनुभएको छ ।

उहाँले नेपाली काँग्रेस, मकवानपुरद्वारा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई आज बिहान सम्बोधन गर्नुहुँदै आगामी मंसिर महिनाभित्रै प्रदेश र केन्द्रीय संसद्को निर्वाचन गराउनेतर्फ सरकार कटिबद्ध भई अघि बढेको उल्लेख गर्नुहुँदै नेपाली काँग्रेसका कार्यकर्ताले कुनै गुटउपगुटमा नलागी जनताको घरदैलोमा पुग्नुपर्दछ भन्नुभयो ।

मन्त्री बलायरले राष्ट्रलाई संकट पर्दा प्रमुख प्रतिपक्षले पनि आफ्नो दलगत स्वार्थलाई त्यागेर राष्ट्रवादी भावना व्यवहारमा पनि देखिनुपर्ने स्पष्ट पार्नुभयो ।

सो कार्यक्रममा नेपाली काँग्रेस, मकवानपुरका कार्यवाहक अध्यक्ष विष्णुप्रसाद लामिछाने र कोषाध्यक्ष गोपीलाल विश्वकर्माले जिल्लामा भइरहेका विकास निर्माणको गतिविधि र पार्टी संगठनलाई चुस्त बनाउन जिल्ला समितिले गरेको निर्णयलाई जनताको घरदैलोमा पु¥याउन कार्यकर्ता एकजुट हुुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...