बाढीले धनुषामा थप दुईको ज्यान गयो



हाम्रो इकोनोमि

धनुषा । अविरल वर्षासँगै आएको बाढीका कारण धनुषामा थप दुईको मृत्यु भएको छ ।

धनुषाको पूर्वी क्षेत्रमा पर्ने कमला सिद्धिदात्री गाउँपालिकाको माची झिट्कैया–४ स्थित पर्सा टोलका ५० वर्षीय सुदीप साहको बुधबार मृत्यु भएको छ ।

साह गाई भैँसीका लागि घाँस काटेर फर्किदै गरेको अवस्थामा लडेर नहरमा खस्दा मृत्यु भएको स्थानीय सुजीतकुमार मण्डलले जनाएका छन् । नहरमा खसेका साह तीव्रगतिमा चलेको पानीको भेलले बगाएर लगेको अवस्थामा करिब एक किलोमिटर परबाट उद्धार गरिए पनि उनको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिनुभयो ।

शहिदनगर नगरपालिका–२ चोरा कोयलपुरकी १४ वर्षीया रेखाकुमारी यादवको पनि बुधबार नै मृत्यु भएको छ । अविरल वर्षासँगै पानीको मुहान दूषित बनेपछि उनलाई पेट दुख्ने समस्या देखिएकाले तत्कालै उपचार नपाएर मृत्यु भएको स्थानीयवासीले जनाएका छन् ।

यादवलाई पेट दुख्ने, रिङ्गटा लाग्नेजस्ता समस्या देखिएकाले तत्काल प्राथमिक उपचार गरेर जनकपुर ल्याउन खोजिए पनि बाढीका कारण प्रायः सबै बाटो कटान गरेकाले समयमै उपचार पाउन नसकेर उनको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो ।

यसैगरी लगातार रुपमा आएको बाढीले कमला सिद्धिदात्री गाउँपालिकाको माचि झिट्कैया शराबे टोलमा घर भत्किएर ढल्दा ५० वर्षीय बहुरा सहनी सख्त घाइते भएका छन् । उनलाई जनकपुर उपचारका लागि ल्याउन खोजिए पनि बाटो अवरुद्ध भएका कारण हाल भारत विहारको दरभंगामा उपचार भइरहेको परिवारजनलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । लगातारको वर्षाका कारण धनुषाका विभिन्न क्षेत्र अस्तव्यस्त भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...