चौधरी ग्रुपद्वारा राहत, यादव परिवारलाई सहयोग



राजविराज । चौधरी ग्रुपले सप्तरीका तीनवटा गाउँका बाढीपीडित परिवारलाई बुधबार राहत वितरण गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाअन्तर्गत २, ३ र ४ नं वडाको सकरदही, मधुवापुर र कदमाहाका ५७० परिवारलाई राहत प्रदान गरिएको बताइएको छ ।

सो ग्रुपले बाढीबाट विस्थापित तथा प्रभावित भएका परिवारलाई दश प्याकेट चाउचाउ, एक किलो भुजिया र एक बोतल मिनरल वाटरलगायतको सामग्री वितरण गरिएको चौधरी ग्रुपका सिनियर म्यानेजर अनिल सिंहले जानकारी दिनुभयो ।

यस्तै, एक हप्ता अगाडि सप्तरीको राजविराज–१५ स्थित खाँडो नदीमा देउरी भरुवाबाट बगेर बेपत्ता भएका डोमी यादवको परिवारलाई राष्ट्रिय जनता पार्टीले आर्थिक सहयोग गरेको छ ।

राजपा सप्तरीका वरिष्ठ उपाध्यक्ष मृगेन्द्रसिंह यादवको नेतृत्वमा स्थानीय नेता तथा कार्यकर्ताले बेपत्ता यादवको परिवारलाई रु ११ हजार आर्थिक सहयोग गरेको राजपा नेता गजेन्द्र मण्डल ९अनुराग०ले जानकारी दिनु्भयो ।

प्रतिक्रिया दिनुहोस
खोजे जस्तो मूल्यमा सेन्साईका कुलरहरु

      नेपालकै प्रतिष्ठित ब्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सेन्साई ब्राण्डले आउदो

प्रधानमन्त्री लाई ‘हिटलर’को संज्ञा दिने दुई युट्युबरको संसद् प्रवेश पास निलम्बन

  संघीय संसद् सचिवालयले दुईजना युट्युबरको प्रवेश पास निलम्बन गरेको छ । प्रधानमन्त्री

भन्सार छलेर ल्याएको २० केजी चाँदीसहित ४ जना पक्राउ

  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले चाँदीसहित मानिस नियन्त्रणमा लिएको हो

अमेरिकाबाट निष्कासित नेपाली लिएर आएको जहाज काठमाडौं आइपुग्यो

    अमेरिकाबाट निष्कासित नेपालीहरुलाई बोकेर आएको अमेरिकी जहाज काठमाडौंमा अवतरण भएको छ