५००० बर्ष अघीको गीताले देख्यो कलिगुगका मान्छेको चरित्र,नपत्याए यी १० तथ्य पढ्नुहोस त
श्रीमद् भागवत गीता हिन्दूहरुको प्रमुख ग्रन्थ हो । आज भन्दा लगभग ५००० वर्ष पहिले भगवान श्री कृष्णले आफ्नो ज्ञान आफ्ना साथी अर्जुनलाई दिएको सन्दर्भलाई लिएर गीता लेखिएको हो ।
गीतामा कर्म अर्थ तथा जीवन जीउनुको अदभूत ज्ञानको बारेमा चर्चा गरिएको छ । गीतामा श्रीकृष्णको धेरै अद्भूत ज्ञानलाई प्रस्तुत गरिएको छ । गीताकाल अर्थात् द्वापर युगको अन्तमा श्री कृष्णले कलियुगको बारेमा पनि केही कुराहरु सुनाएका थिए । उनले त्यतिबेला कलियुगको बारेमा बताएको कतिपय कुराहरु अहिलेको लागि सत्य सावित भएको छ । आखिर के के बताएका थिए त श्रीकृष्णले कलियुगको बारेमा हाम्राकुराले उल्लेख गरेको सान्दर्भिक ठानेर हामीले पनि प्रस्तुत गरेका छौ ?
श्लोक १ –
ततश्चानुदिनं धर्मः सत्यं शौचं क्षमा दया ।
कालेन बलिना राजन् नङ्क्ष्यत्यायुर्बलं स्मृतिः ॥
अर्थ- धर्म, सत्यवादिता, स्वच्छता, सहिष्णुता, दया, जीवनको अवधि, शारीरिक शक्ति तथा स्मृति आदि सबै दिनका दिन घट्दै जाने गरेका छन् ।
श्लोक २-
वित्तमेव कलौ नॄणां जन्माचारगुणोदयः ।
धर्मन्याय व्यवस्थायां कारणं बलमेव हि ॥
अर्थ- कलियुगमा जुन व्यक्तिसँग जति धन हुन्छ । ऊ उत्तिकै मात्रामा गुणी माना जाएगा तथा कानून, न्याय केवल एक शक्तिको आधारमा लागू हुँदै जानेछन् ।
श्लोक ३-
दाम्पत्येऽभिरुचिर्हेतुः मायैव व्यावहारिके ।
स्त्रीत्वे पुंस्त्वे च हि रतिः विप्रत्वे सूत्रमेव हि ॥
अर्थ- यो युगमा महिला र पुरुषहरु एक आपसमा विवाह विना नै पनि आफ्नो रुची अनुसार एकैठाउँमा बस्ने गर्दछन्। व्यापारको सफलता जालझेल र छलीमा निर्भर हुन्छ। कलियुगमा ब्राह्मण मात्रै एउटा धागो पहिरिएको आधारमा आफूलार्इ ब्राह्मण सम्झिन्छ ।
श्लोक ४-
लिङ्गं एवाश्रमख्यातौ अन्योन्यापत्ति कारणम् ।
अवृत्त्या न्यायदौर्बल्यं पाण्डित्ये चापलं वचः ॥
अर्थ( जो मनुष्य घूस दिन तथा धन खर्च गर्न असमर्थ हुन्छ । उसलार्इ अदालतले पनि ठीकठीक न्याय दिन सक्दैन । जुन व्यक्ति चलाख र स्वार्थी ५ उसैलाई यो दुनियाँमा सबैभन्दा विद्वान मानिन्छ ।
श्लोक ५-
क्षुत्तृड्भ्यां व्याधिभिश्चैव संतप्स्यन्ते च चिन्तया ।
त्रिंशद्विंशति वर्षाणि परमायुः कलौ नृणाम्
अर्थ( मान्छे भोक(प्यास तथा कैयौं तरिकाको दुखबाट आक्रान्त रहेका छन् । उनीहरुलार्इ धेरै तरिकाको विरामीले घेरिरहेको हुन्छ । कलियुगमा मानिसहरुको उमेर बीस या तीस बर्ष मात्रै हुन्छ ।
श्लोक ६-
दूरे वार्ययनं तीर्थं लावण्यं केशधारणम् ।
उदरंभरता स्वार्थः सत्यत्वे धार्ष्ट्यमेव हि ॥
अर्थ मानिस टाढाको नदी तथा तलाउलार्इ तीथ यात्रा मान्छ । तर आफ्नै नजिक रहेका बाबुआमालार्इ भने निन्दा गर्छ । यो समयमा आफ्नो पेट भर्नु नै मानिसको लक्ष्य मानिने छ ।
श्लोक ७-
अनावृष्ट्या विनङ्क्ष्यन्ति दुर्भिक्षकरपीडिताः
शीतवातातपप्रावृड् हिमैरन्योन्यतः प्रजाः ॥
अर्थ यो युगमा कहिँ वर्षा हुँदैन सबैतिर सुख्खा पर्छ । कतै एकदमै जाडो हुन्छ त कतै एकदमै गर्मी । कहिले आँधी आउँछ त कहिले बाढी यही परिस्थिति बढ्दै जाँदा दुनिया नष्ट हुने तरेफ जान्छ ।
श्लोक ८-
अनाढ्यतैव असाधुत्वे साधुत्वे दंभ एव तु ।
स्वीकार एव चोद्वाहे स्नानमेव प्रसाधनम् ॥
यो युगमा जसको पास धन हुँदैन उ अधर्मी, अपिवत्र र बेकारको मानिछ । मान्छेले विवाहलार्इ एउटा सम्झौता मानिन्छ र मानिस शरीर नुहाएर आफू अन्तरआत्मादेखि नै शुद्ध भएको अनुभव गर्छ ।
श्लोक ९-
दाक्ष्यं कुटुंबभरणं यशोऽर्थे धर्मसेवनम् ।
एवं प्रजाभिर्दुष्टाभिः आकीर्णे क्षितिमण्डले ॥
धर्म-कर्मको काम केवल अरुको अगाडि देखाउनको लागि गरिन्छ । पृथ्वी भ्रष्ट मानिसले भरिएको हुन्छ र सत्ता प्राप्त गर्नको लागि मानिसले एक अर्कालार्इ मार्न पनि पछि पर्दैनन् ।
श्लोक १०-
आच्छिन्नदारद्रविणा यास्यन्ति गिरिकाननम् ।
शाकमूलामिषक्षौद्र फलपुष्पाष्टिभोजनाः ॥
अन्त्त्यमा मानिस अनिकालका कारण घर छाडेर घर छाडेर पहाडतिर लाग्छन् । त्यहाँ पनि केही खान नपाएपछि मानिसले पातपतिङ्गर, जरा, मासु आदि काँच्चै खाएर बस्न बाध्य हुन्छन् ।